१९ असार २०८३, शुक्रबार | July 4, 2026

सिद्धार्थ बोर्डिङमा ‘डिके तामाङ मेमोरिएल सेभेन ए साइड फुटबल प्रतियोगिता’ सुरु



बुटवल । तिलोत्तमाको सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कूलमा शुक्रबारदेखि ‘डिके तामाङ मेमोरिएल सभेन ए साइड फुटबल प्रतियोगिता’ सुरु भएको छ । विद्यालयका तत्कालिन सञ्चालक समितिका सदस्य तामाङको स्मृतिमा एसईई दिएर बसेका विद्यार्थीहरु बीच फुटवल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा रुपन्देहीसहित पाल्पा, कपिलवस्तु, नवलरासी लगायतका जिल्लाहरुबाट समेत गरी १६ वटा समूहको सहभागिता रहेको कार्यक्रम संयोजक निर्मल थापाले जानकारी दिए । विद्यार्थीले एसईई परीक्षामा पाउने प्रवेशपत्रलाई आधार मानी छनोट भएका खेलाडीहरुले मात्रै प्रतियोगितामा सहभागीता जनाएका छन् । ३ दिनसम्म चल्ने प्रयोगिताको विजेताले नगद २० हजार पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विद्यालयका खेलकूद संयोजक मेघराज भट्टराईले जानकारी दिए । यसैगरी द्वितीय हुने समूहले १५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीसहित विधागत रुपमा पनि सम्मान गरिने भट्टराईले जानकारी दिए ।

शुक्रबार प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल एथलेटिक्स एसोसिएसनका केन्द्रीय कोषाध्यक्ष मोहन घलेले उत्कृष्ट खेलाडीका लागि नगद राशी घोषणसहित ५ हजार रुपैयाँ प्रदान गरेका छन् । खेलकूदको माध्यमबाट व्यक्तिसँगै मुलुकको पहिचान र बिकास गर्न सकिने बताउँदे उनले राज्यले समेत लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । यसैगरी तिलोत्तमा खेलकुद विकास समितिका अध्यक्ष लोक पुन, सिद्धार्थ बोर्डिङका प्रवन्ध निर्देशक बाबुराम खनाल, प्राचार्य यमबहादुर राना, सञ्चालक समिति सदस्य टुकबहादुर क्षेत्री, सह प्राचार्य रमेश प्रसाद बस्याल, स्वर्गीय डिके तामाङकी श्रीमती निर्मला गुरुङ लगायतले बोल्दै खेलकुदको बिकासमा जोड दिएका थिए ।

सिद्धार्थ बोर्डिङले हरेक वर्ष तामाङको स्मृतिमा प्रतियोगिताहरु गर्दै आएको छ । यस वर्ष एसईई लिएर बसेका विद्यार्थीलाई जोड्ने गरी फुटल प्रतियोगिताको आयोजना गरिएको विद्यालयले जनाएको छ । यस विद्यालयबाट यस वर्ष १३३ जना विद्यार्थी एसईईमा सहभागी भएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ४ : ५० बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०