११ चैत्र २०८२, बुधबार | March 25, 2026

भारी वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा, सफा गर्न डोजर चलाइयो



बुटवल । शनिबार रातिदेखि परेको वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । लामो समयदेखि पानी नपरेको र यहाँका अधिकांश नालीहरु फोहरले पुरिएकाले वर्षासँगै नाली भरिएपछि बाजार क्षेत्रमा बाढी पसेको हो ।

डुबानका कारण पश्चिम नेपाल बस व्यवसाय समितिको प्रधान कार्यालय, रुपन्देही उद्योग संघको कार्यालय तथा राष्ट्रिय समाचार समिति रासस कार्यालयमा फर्निचर, कागजात तथा तत्ताकपडा नष्ट गरेको छ । यसैगरी बुटवलको व्यस्त बजार क्षेत्र अमरपथ, बिकासपथ, हाटबजार लाइन लगायतका सडकमा हिलो तथा पातपतिङ्गरले भरिएपछि डोजर लगाएर सफा गरिएको छ । यहाँका दर्जनौ पसलहरुमा बाढी पसेर लाखौं रकम बराबरको आर्थिक क्षेति गरेको दाबी गरिएको छ ।

बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले फूलबारी क्षेत्र, रासस कार्यालय वरिपरी र न्यू होराइजन स्कुल क्षेत्रमा रातीदेखि परेको ठूलो पानीका कारण डुबानमा परेको र अधिकांश ठाउँमा अहिले सफाइको काम सकिन लागेको बताए ।

यसैबीच सोह्रछत्तिस कुलोबाट बाढी बुटवलको न्यू होराइजन माविमा पसेपछि आइतार विद्यालय बन्द गर्नु परेको छ । कुलोमा रहेको गेट बाल भन्द भएको समयमा राती परेको वर्षाले कुलो भरिएर विद्यालयमा प्रवेश गरेको थियो विद्यालयको तल्लो तलाका सबै कक्षा कोठाहरु डुबेका छन् भने मैदानभर सबै लेदोले भरिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले वर्षातकै सुरुमै यस्तो समस्या नाली थुनिएरै भएकाले सचेत रहनुपर्ने बताए ।

 

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १ : ०७ बजे

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी