१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा मनाइयो २०४ औं नर्सिङ दिवस



बुटवल । नेपाल नर्सिङ संघ बुटवल शाखाको आयोजनामा आइतबार २०४ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । हरेक वर्षको मे १२ का दिन मनाइने नर्सिङ दिवस यस वर्ष ‘आवर नर्सेस आवर फ्यूचर, द इकोनोमिक पावर अफ केयर’ अर्थात हाम्रा ‘नर्सहरु हाम्रा भविष्य हुन, हेरचाहको आर्थिक शक्ति’ भन्ने मूल नाराकासाथ मनाइएको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले नर्सिङ पेसाका जनशक्तिहरु नेपालमा अभाव हुँदै जाने अवस्था सिर्जना हुन थालेकोप्रति चिन्ता व्यक्त गरे । लुम्बिनी प्रादेशिक अस्पतालमा समेत सबैभन्दा बढी नर्सिङ सेवाका जनशक्तिहरुको आवागमन बढी हुने गरेको बताउँदै उनले जनशक्ति अभावको स्थिती सामना गर्नुपर्ने दिन आउँदै गरेको उल्लेख गरे । ‘स्वास्थ्य सेवामा लागेका व्यक्तिहरुलाई कुनै भूगोल वा देशको सीमाले बाँधेर राख्ने छैन जहाँ गएर पनि सेवा गर्छौ भन्ने हाम्रो नारा हो । तर, सबैभन्दा पहिले आफ्नो घरको सोच्नुपर्छ भन्ने सामाजिक मान्यता पनि छ ।’– थापाले भने । पछिल्लो समय नर्सिङ पेसाका जनशक्तिहरु विदेश पलायन हुँदा देशमा जनशक्ति घटिरहेको उल्लेख गर्दै उनले यसका लागि राज्यले उचित सेवा सुविधा र वातावरण सिर्जना गर्न आवश्यक रहेको आसय व्यक्त गरे ।

अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भक्त वत्सल राउतले सधै अरुको स्वास्थ्य र सेवामा खटिने नर्सिङहरुलाई आफ्नो पनि स्वस्थ्यमा ख्याल राख्न आग्रह गरे । यसैगरी अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले नर्सिङ पेसालाई विशिष्टिकृत गरेर अनुसन्धानात्मक पेसाको रुपमा बिकास गर्न आवश्यक रहेको उल्लेख गरे । अस्पतालकी नर्सिङ विभाग प्रमुख ज्योती पौडेलले पेसालाई बजारीकरण गर्न आवश्यक रहेको चर्चा गरिन् । कार्यक्रममा स्वागत गर्दै माधुरी ज्ञवालीले नर्सिङ पेसा विश्वका लागि एक आर्थिक शक्तिको रुपमा समेत बिकास हुँदै गएको उल्लेख गरिन् । नर्सिङ पेसाको महत्व विश्वका विभिन्न ठूला-ठूला युद्धमा मात्र नभई केही वर्ष अघि सामना गर्नु पर्नेको कोरोना महामारीको समयमा समेत महशुस गरिएको उल्लेख गरिन् । कार्यक्रमको अवसरमा एनआरटी विभागका भिम ज्ञवाली सहितको टोलीले नर्सहरुलाई खादाले सम्मान गरेको थियो ।

संघले दिवसको अवसरमा यसअघि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा महिलाहरुका लागि पाठेघर तथा स्तन क्यान्सरको स्क्रिनिङ गरिएको नर्सिङ विभाग प्रमुख ज्योती पौडेलले जानकारी दिइन् । १६१ जना महिलाको स्वास्थ्य परीक्षण गरिएकोमा १० जनामा पाठेघरको मुखको क्यान्सर हुन सक्ने लक्ष्यण तथा ३ जनामा स्तन क्यान्सर हुन सक्ने लक्ष्यण देखा परेको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा हाल ३ सय जना नर्सहरुले सेवा दिइरहेको कार्यक्रमका अवसरमा जानकारी गराइएको थियो । संघकी सदस्य चम्पा पालुङ्गेको अध्यक्षता तथा लुम्बिनी प्रादेशिक अस्पताल नर्सिङ निरीक्षक सिता खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ४ : ३५ बजे

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधान न्यायाधीशको २१ बुँदे निर्देशन

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश

“रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती” : पर्यटन नीतिमा आमुल परिर्वतनको खोजी

बुटवल । नेपालको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि सो

सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदको आइतबारको बैठकमा सांसद

कृष्णबहादुर महरासँग १ लाख धरौटी माग

काठमाडौँ । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी

रास्वपा सभापति लामिछाने भारत पुगे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने