१३ श्रावण २०८३, बुधबार | July 29, 2026

नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर



बुटवल । नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल इकाई समितिले अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । यही मे १२ का दिने मनाइने अन्तर्राष्ट्रिय नर्सिङ दिवसलाई लक्षित गरी बुटवल-११ स्थित शहरी स्वास्थ्य केन्द्रमा विहिबार आयोजित शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको पहिचान सम्बन्धी परीक्षण गरिएको हो ।

स्वास्थ्य शिविरमा १६१ जना महिलाहरुको स्तन तथा पाठेरको मुखको क्यान्सर सम्बन्धि रोगका पहिचानका लागि स्क्रिनिङ गरिएको लुम्बिनी प्रादेशिक अस्पताल नर्सिङ विभाग प्रमुख ज्योती पौडेलले जानकारी दिइन् । सो क्रममा १० जना महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुन सक्ने लक्ष्यण देखा परेको थियो भने ३ जना महिलामा स्तन क्यान्सर हुन सक्ने लक्ष्यण देखा परेको नर्सिङ प्रमुख पौडेलले जानकारी दिइन् । लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. अनिता पुन र वरिष्ठ स्तन क्यान्सर रोग विशेषज्ञ डा. संजय पाण्डेसहित नर्सिङ स्टाफहरुको सहभागितामा शिविर गरिएको थियो । शिविरमा निःशुल्क औषधी वितरण, परामर्श तथा थप उपचारका लागि आवश्यक प्रक्रिया बारे सेवा प्रदान गरिएको थियो ।

बुटवल उपमहानगरको सहयोगमा आयोजना गरिएको शिविरमा वडा नम्बर ९ र ११ का महिलाहरुलाई लक्षित गरी शिविर सम्पन्न गरिएको हो । सो अवसरमा बोल्दै बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य सेवा र पूर्वाधारका हिसाबले सम्पन्न बनाउनु पर्नेमा जोड दिए । उपमहानगरले शहरी स्वास्थ्य केन्द्रहरुमार्फत जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै ‘जेष्ठ नागरिकहरुसँग नगर प्रमुख’ कार्यक्रमबाट पनि उनीहरुलाई घरमै पुगेर स्वास्थ्य लगायतका सेवा प्रदान गर्दै आएको जानकारी गराए । यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले स्वाथ्य सेवामा नर्सिङ स्टाफहरुको भूमिका बारे चर्चा गर्दै दिवसलाई पनि सेवा गरेरै मनाउनु सकारात्मक भएको उल्लेख गरे । कार्यक्रम लुम्बिनी प्रादेशिक अस्पताल नर्सिङ संघ बुटवल इकाई कमिटी अध्यक्ष कुमारी हरी केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ७ : ५१ बजे

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०

चिकित्सक संघको आन्दोलन दोस्रो दिन पनि जारी, आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा

विश्व बाघ दिवस : पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

काठमाडौं । विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ

लगातार हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल, आज नेदरल्यान्ड्ससँग अन्तिम भिडन्त

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक