१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेस नेताहरुलाई प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग छलफल गरेका हुन् ।

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई अवरोध नगर्न आग्रह गरेको र सहकारीमा देखिएको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको बताए ।

लेखकले कांग्रेसले आजै बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्ने जानकारी दिए ।

राष्ट्रपति रामचन्द पौडेलले आजै अपराहन्न ३ बजे बस्ने संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ९ : ३२ बजे

कांग्रेस एकताका लागि महामन्त्री पौडेलको अपिल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम

दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा

प्रधानाध्यापकले छात्रवृत्ति रकम हिनामिना गरेपछि….

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय