१४ बैशाख २०८३, सोमबार | April 27, 2026

नीति तथा कार्यक्रम अघि सभामुख र प्रमुख सचेतकहरुबीच छलफल



काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्यसचेतक र सचेतकहरुसँग छलफल गरेका छन् ।

छलफलमा सभामुखले दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरु र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नभएको भन्दै राजनीतिक दलहरुबीच सहमति नहुँदा संसदका बिजनेश प्रभावित हुने देखिएको बताए ।

त्यस्तै नेपाली कांग्रेसकी सुशीला थिङले नेपाली कांग्रेस संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने बताएकी थिइन् । उनले छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहने बताइन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिएपनि बोल्न नपाएको बताए । आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्ने माग बताउदै गृहमन्त्रीले बोल्न पाउनुपर्ने बताए । उनले धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा नहुने भन्दै कांग्रेसले पुनर्विचार गर्नुपर्ने बताए ।

सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूची र नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे पनि जानकारी दिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  २ : ०३ बजे

नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने

काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण

सर्लाहीको लालबन्दीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बरहथवा । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु

खाली गराइएको सुकुम्बासी बस्ती क्षेत्रमा तारबार गर्न कार्यबहाक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सुकुम्बासी बस्ती