२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

३१ औं मदन भण्डारी स्मृति राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको तयारी पूरा



बुटवल । जननेता मदन भण्डारी स्मृति दिवसको अवसरमा यही जेठ ३ गते बुटवलमा राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीले मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा ५ वटा ‘इभेन्ट’ ‘रोड रेस’ प्रतियोगिताका गर्न लागेको हो ।

एकेडेमीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका तयारी पूरा भएको जानकारी दिएको छ । स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा भाग लिन देशभरीबाट धावकहरु बुटवल आइपुगेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

हाफ म्याराथनको दुरी २१ किलोमिटर रहनेछ । हाफ म्याराथनमा मात्रै एक सय बढी धावकहरुले प्रतिस्पर्धा गर्ने अध्यक्ष आचार्यले बताए । प्रतियोगिता बिहान ६ बजे राजमार्ग चौराहाबाट सुरु हुनेछ । हाफ म्याराथनको विजेतालाई एक लाख, उपविजेतालाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार, चौथो, पाँचौ र छैठौं हुनेलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै १० किलोमिटर (कलेज स्तरिय खुला छात्र र खुला महिला) दौडको विजेतालाई ३५ हजार, उपविजेतालाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार, चौथो, पाँचौ र छैठौं हुनेलाई क्रमशः १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

५ किमी (विद्यालय स्तरिय खुला छात्र) विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई १२ हजार, चौथो, पाँचौ र छैठौं हुनेलाई क्रमशः १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तैगरी ३ किमी (बिद्यालय स्तरिय छात्रा) विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तेस्रो हुनेलाई ७ हजार, चौथो, पाँचौ र छैठौं हुनेलाई क्रमशः ५, ३ र २ हजार रुपैयाँ प्रदान गरिनेछ । भने बिद्यालय स्तरिय १० वर्षसम्मका छात्र/छात्रा (१०० मिटर) दौड र ६० वर्ष माथिका जेष्ठ नागरिकहरुका लागि वाल्कथुन प्रतियोगितामा पनि पुरस्कारको व्यवस्था गरीएको एकेडेमीले जनाएको छ ।

प्रतियोगितालाई व्यवस्थीत गर्न साइकल टिमसँगै स्वयसेवक परिचालन गरिने खेल संयोजक मोहन घलेले जानकारी दिए । सोही अवसरमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई नियमित औषधि उपचारका लागि एकेडेमीले दुई वर्षका लागि मासिक ४ हजारका दरले औषधि खर्च उपलब्ध गराउने पनि उनले बताए ।

स्थापनापछि यसले खेलाडी उत्पादन, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता र खेल गतिविधि गरिरहेको एकेडेमीका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए । गत वर्ष लुम्बिनीमा म्याराथन प्रतियोगिता सम्पन्न गरेको एकेडेमीले यस पटक बुटवलमा प्रतियोगिता गर्न लागेको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ५ : २८ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात