१६ असार २०८३, मंगलबार | July 1, 2026

३१ औं मदन भण्डारी स्मृति राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको तयारी पूरा



बुटवल । जननेता मदन भण्डारी स्मृति दिवसको अवसरमा यही जेठ ३ गते बुटवलमा राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीले मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा ५ वटा ‘इभेन्ट’ ‘रोड रेस’ प्रतियोगिताका गर्न लागेको हो ।

एकेडेमीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका तयारी पूरा भएको जानकारी दिएको छ । स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा भाग लिन देशभरीबाट धावकहरु बुटवल आइपुगेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

हाफ म्याराथनको दुरी २१ किलोमिटर रहनेछ । हाफ म्याराथनमा मात्रै एक सय बढी धावकहरुले प्रतिस्पर्धा गर्ने अध्यक्ष आचार्यले बताए । प्रतियोगिता बिहान ६ बजे राजमार्ग चौराहाबाट सुरु हुनेछ । हाफ म्याराथनको विजेतालाई एक लाख, उपविजेतालाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार, चौथो, पाँचौ र छैठौं हुनेलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै १० किलोमिटर (कलेज स्तरिय खुला छात्र र खुला महिला) दौडको विजेतालाई ३५ हजार, उपविजेतालाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार, चौथो, पाँचौ र छैठौं हुनेलाई क्रमशः १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

५ किमी (विद्यालय स्तरिय खुला छात्र) विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई १२ हजार, चौथो, पाँचौ र छैठौं हुनेलाई क्रमशः १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तैगरी ३ किमी (बिद्यालय स्तरिय छात्रा) विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तेस्रो हुनेलाई ७ हजार, चौथो, पाँचौ र छैठौं हुनेलाई क्रमशः ५, ३ र २ हजार रुपैयाँ प्रदान गरिनेछ । भने बिद्यालय स्तरिय १० वर्षसम्मका छात्र/छात्रा (१०० मिटर) दौड र ६० वर्ष माथिका जेष्ठ नागरिकहरुका लागि वाल्कथुन प्रतियोगितामा पनि पुरस्कारको व्यवस्था गरीएको एकेडेमीले जनाएको छ ।

प्रतियोगितालाई व्यवस्थीत गर्न साइकल टिमसँगै स्वयसेवक परिचालन गरिने खेल संयोजक मोहन घलेले जानकारी दिए । सोही अवसरमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई नियमित औषधि उपचारका लागि एकेडेमीले दुई वर्षका लागि मासिक ४ हजारका दरले औषधि खर्च उपलब्ध गराउने पनि उनले बताए ।

स्थापनापछि यसले खेलाडी उत्पादन, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता र खेल गतिविधि गरिरहेको एकेडेमीका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए । गत वर्ष लुम्बिनीमा म्याराथन प्रतियोगिता सम्पन्न गरेको एकेडेमीले यस पटक बुटवलमा प्रतियोगिता गर्न लागेको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ५ : २८ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी