१० बैशाख २०८३, बिहिबार | April 23, 2026

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाई, समर्थकहरुको बाजागाजा सहित स्वागत



काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।

गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।

मंगलबार र बुधबारको बहसपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै उनका समर्थकले उत्सव मनाइरहेका छन्। पञ्चेबाजा बजाउँदै समर्थकहरूले सन्दीपको स्वागत गरेका हुन्।

आज फैसला आउने भएसँगै दिउँसोदेखि नै अदालत परिसरमा समर्थकको भीड लागेकोमा उनले सफाइ पाएसँगै समर्थकले उत्सव मनाएका छन्।

जिल्ला अदालतले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेकोमा उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन पाउनेछन्।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ६ : ०० बजे

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौं

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रु

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु

दशौँ एनभीए लिग आजदेखि, महिला-पुरुष दुवैतर्फ प्रतिस्पर्धा

काठमाडौं । दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष