५ बैशाख २०८३, शनिबार | April 18, 2026

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै



बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो स्थापनाको १३ वर्ष पुरा गरेको छ । स्थापनाको १३ वर्ष पुगेको अवसरमा रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमशन कलेज अफ टेक्नोलोजी (क्रिमशन अस्पताल) मणिग्रामले भोलि (बिहीबार) १३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाउने भएको हो ।

वार्षिकोत्सवको अवसरमा अस्पतालले बिहीबार ओपीडि सेवालाई निःशुल्क गरेको छ भने ल्याव टेष्टमा ५० प्रतिशत छुट दिइएको अस्पतालका निर्देशक डाक्टर शेखरप्रसाद पोखरेलले जानकारी दिए । अस्पतालको वार्षिकोत्सव मनाउने विषयमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक पोखरेलले आगामी दिनमा सेवालाई थप गुणस्तरीय बनाउने बताए ।

आम नागरिकको चाहना अनुसार सामान्य चिकित्सादेखि लिएर क्याथल्याब, सिटी स्क्यान, आइसीयु, न्युरो सर्जरी, आईसीयु, सीसीयु लगायतका सेवाहरु दिदै आएको अस्पतालले १३ औं वार्षिकोत्सवसँगै थप सेवा विस्तार गर्ने योजनामा बनाएको निर्देशक पोखरेलले बताए ।

उनले अस्पतालबाट २२ जना विशेषज्ञ एमडी चिकित्सकहरुबाट अस्पतालमा विभिन्न प्रकारका सेवाहरु दिइएको उल्लेख गर्दै आगामी दिनमा सेवालाई विस्तारसँगै थप गुणस्तरीय सेवा प्रवाहलाई ध्यान दिने बताए ।

अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले १३ औं वार्षिकोत्सवसँगै अस्पतालले सेवा विस्तार गर्ने र सामाजिक सुरक्षा कार्यक्रम, आमा सुरक्षा कार्यक्रम लगायतका कार्यक्रम संचालनको तयारीमा अस्पताल रहेको जानकारी दिए ।

क्रिमशन कलेज अफ टेक्नोलोजीका रुपमा २४ वर्ष पहिले स्थापना भएको संस्थाले २०६८ सालदेखि क्रिमशन अस्पतालका रुपमा ५० शैयाबाट सेवा सुरु गरेको अस्पताल अहिले एक सय शैयाको रहेको छ । अस्पतालले आफ्नो सेवा विस्तारसँगै गुरुयोजना बनाएको उल्लेख गर्दै अध्यक्ष पाण्डेले क्रिमशनलाई शिक्षण संस्थाका रुपमा विकास गर्न लागिएको बताए । साढे २ विगाहा क्षेत्रफल रहेको अस्पताल परिषरभित्र भौतिक संरचना निर्माणको काम समेत थालनी गरिने गरि योजना बनेको उनले बताए ।

पत्रकार सम्मेलनमा क्रिमशन कलेज अफ टेक्नोलोजीका प्रिन्सिपल देवीप्रसाद भण्डारीले अस्पतालमा एम फार्मेसी, बीएन एस, पिसीएल नर्सिङ्ग, बिएससी नसिङ्ग लगायतका कक्षाहरु समेत संचालन गरिने जानकारी दिए ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  १० : ०० बजे

सर्वोच्चका कर्मचारीले पालना गरेनन् नियम

काठमाडौं । कानुनको अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्च अदालतका कर्मचारीले

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

ताप्लेजुङ । जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा