२३ माघ २०८२, शुक्रबार | February 6, 2026

संसद्को अवरोध हटाउने प्रयास जारी, बैठक बस्न ढिलो हुने



काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्न ढिला हुने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरिरहेको संसदको अवरोध हटाउने प्रयास जारी रहेकाले बैठक ढिलो शुरु हुने सभामुखको सचिवालयले जानकारी दिएको हो ।

सभामुखले केहीबेर अघि प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गरेको र प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न भनेको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिएको बताइएको छ ।

सभामुखले भने बानेश्वरमा नै कानून मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् ।

छलफलमा कानून मन्त्री पदम गिरी, उपसभाख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी छन् ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ११ : २६ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद