१३ श्रावण २०८३, बुधबार | July 29, 2026

राइटपाथले बुटवलमा ग्राण्ड एजुकेसन कनक्लेभ गर्ने



बुटवल । शैक्षिक परामर्श सेवा प्रदायक संस्था राइटपाथ करियर काउन्सिलिङले बुटवलमा ग्राण्ड एजुकेसन कनक्लेभ-२०२४ आयोजना गर्ने भएको छ । कक्षा १२ को परीक्षा दिएर बसेका तथा विदेश पढ्न जाने सोच भएका विद्यार्थीहरुका लागि राइटपाथले जेठ ५ गते शनिबार बुटवलमा उक्त कनक्लेभ आयोजना गरेको हो

बिहीबार पत्रकार सम्मेलन गरी बुटवल शाखाका एमडी जीडि शिखरले यहाँका बिद्यार्थीहरुलाई युके, युएसए, अष्ट्रेलिया तथा क्यानडा सम्बन्धीत विभिन्न पछिल्लो जानकारी तथा त्यहाँ रहेका उत्कृष्ट कलेज, युनिभर्सिटी तथा शैक्षिक संस्थाबारे जानकारी गराउने उद्देश्यले कनक्लेभ आयोजना गर्न लागिएको जानकारी दिए । उनले यो कार्यक्रमले विद्यार्थी तथा अभिभावकहरूमा पछिल्लो समय वैदेशिक शिक्षा सम्बन्धी रहेका विभिन्न जिज्ञासा समाधान गर्न सहयोग मिल्ने धारणा व्यक्त गरे ।

एमडी शिखरका अनुसार कनक्लेभमा ४ वटा देशका ख्यातिप्राप्त विभिन्न विश्वविद्यालयका २० भन्दा बढी प्रतिनिधिहरु आउँदैछन् । सहभागी विद्यार्थीहरुले ती प्रतिनिधिहरुसँग पत्यक्ष रुपमा भेटेर आफ्ना बिभिन्न प्रश्न, जिज्ञासा मेटाउन र आफ्नो करियर अघि बढाउन सक्नेछन् ।

‘यूनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीहरुले सत्य तथ्य जानकारी पाउँन सक्नुहुन्छ भन्ने नै हाम्रो कार्यक्रमको उद्देश्य हो । विद्यार्थीहरुको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्दत पुर्याउँछ ।’, एमडी शिखरले भने । उनले विद्यार्थीहरुलाई परिक्षापछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उदेश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको र भर्खरै प्लस टुको परिक्षा सक्किएकाले पनि धेरै विद्यार्थीहरुका लागि यो कार्यक्रम लाभदायी हुने बताएका छन् ।

बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म सञ्चालनमा हुने कनक्लेभमा एक हजार बढी विद्यार्थी सहभागी हुने अपेक्षा गरीएको उनले बताए । ग्राण्ड एजुकेसन कनक्लेभमा सहभागी हुने विद्यार्थीहरुलाई एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहेको छ भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्ट ह्याम्फरहरुको पनि व्यवस्था गरिएको छ । त्यस्तै, स्कलरसीप अफरदेखि जेठ ८ गतेसम्म आएल्स र पीटिइ जम्मा २०८१ रुपौयाँमै गर्न सकिने व्यवस्था गरिएको छ ।

यो कार्यक्रमका लागि गायिका अन्जु पन्त र २०१६ की मिस नेपाल अस्मी श्रेष्ठ पनि बुटवल आउँदैछन् । राइटपाथ करिअर काउन्सिलिङले काठमाडौं, धनकुटा र हेटौडामा कनक्लेभ सम्पन्न गरीसकेको छ भने जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र ८ गते ललितपुरमा कनक्लेभ आयोजना गर्दैछ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ७ : ४६ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा