२० भदौ २०८३, शनिबार | September 5, 2026

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै



बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ ७ गते आफ्नो ७ औँ वार्षिकोत्सवको अवसर पारेर २ जना चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । अध्यक्ष मोहन न्यौपानेको अध्यक्षतामा गत सोमबार बसेको सङ्घको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

सङ्घका सचिव विकास गौतमले बैठक पश्चात निर्णय सार्वजनिक गर्दै पुरस्कार तथा सम्मानको जानकारी दिएका हुन् । निवर्तमान अध्यक्ष सुमन श्रेष्ठको संयोजकत्वमा गरिएको निर्णयमा उल्लेख गरिए अनुसार पत्रकार एन बी कंडेल चलचित्र पत्रकारिता सम्मान २०८० मार्फत दिवंगत पत्रकार कृष्ण बाबु पाण्डेलाई मरणोपरान्त सम्मान गरिने भएको छ भने नवोदित चलचित्र पत्रकार सम्मान २०८० मार्फत पत्रकार ईन्द्र खत्रीलाई नगद, दोसल्ला र मायाको चिनो सहित सम्मान प्रदान गरिनेछ । पुरस्कार समितिमा श्रेष्ठको संयोजकमा डीबी सुस्लिङ्ग र सन्त कुमार श्रेष्ठ सदस्य रहेका छन् ।

जेठ ७ गते सोमबार योगिकुटी स्थित होटल पौवामा आयोजना गरिने एक विशेष समारोहमा बुटवल कार्यक्षेत्र भएका पत्रकार स्वर्गीय कृष्ण बाबु पाण्डे र पत्रकार इन्द्र खत्री लाई पुरस्कृत गरिँदै छ । पुरस्कारमा नगद सहित सम्मान पत्र रहेको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  १० : १७ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २