३ पुस २०८२, बिहिबार | December 18, 2025

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल



नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके खण्डका नाकाहरु सिल गरेको छ । भारतमा जारी लोकसभा निर्वाचनको सुरक्षाका लागि भन्दै स्थानीय प्रशासनले बाँके स्थित नेपाल भारत सीमानाका सिल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै आज राती १०ः३० बजेबाट जेठ ७ गते साँझ ५ बजे सम्म सीमानाका सिल गरिएको जनाएको छ । भारत उत्तर प्रदेशको बहराईच जिल्लामा जारी लोकसभा निर्वाचन अन्तर्गत जेठ ७ गते हुने निर्वाचन शान्तिपूर्ण संचालनका लागि भन्दै सीमाना नाका सिल गरिएको सूचनामा जनाइएको छ ।

लोकसभा निर्वाचनकै सन्दर्भमा यस अघि बाँके प्रशासनले गत बैशाख २८ गते देखि ३१ गते मध्यराती १२ बजे सम्मका लागि सीमानाका सिल गरेको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ११ : १३ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन