५ श्रावण २०८३, मंगलबार | July 22, 2026

‘लण्डन टु पेरिस’को नयाँ गीत सार्वजनिक



काठमाडौं । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ट्राभल-लभस्टोरी फिल्म ‘लण्डन टु पेरिस’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक ‘चाहन्छु यो माया’ बोलको गीतमा अभिनेत्री साम्राज्ञी शाह र डेब्यु अभिनेता निश्चल खड्काबीचको बिग्रेको सम्बन्धलाई देखाइएको छ । सार्वजनिक गीतमा एसडी योगीको संगीत तथा राम अविरल बिष्टको शब्द छ भने संगीतकार योगी तथा नभिता पौडेलको युगल स्वर छ ।

रिकेश गुरुङ संगीत निर्माता रहेको यो गीतलाई साहिल खानले सम्पादन गरेका हुन् । गीतले फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बुझ्न सकिन्छ । यसमा अभिनेता कबीर खड्काको पनि अभिनय रहेको छ ।

घनश्याम लामिछानेको निर्देशन रहेको फिल्ममा रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीको पनि अभिनय छ । भेद परवको छायांकन रहेको फिल्मको निर्मातामा अमित बस्नेत, कार्यकारी निर्मातामा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी, निर्मातामा परी राना, आरोन बस्नेत र एरियाना बस्नेत तथा सह-निर्मातामा सनिश खकुरेल र अजित केआर थापा छन् । लेखक भने प्रदीप भारद्वाज हुन् ।

 

 

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  १० : ४१ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं