१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित



नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मत गणनाबाट गुरुङ प्रतिद्वन्द्वी डिल्ली बिसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

गुरुङले २९१  मत प्राप्त गर्दा बिसीले १५४  मत मात्र प्राप्त गर्न सकेका छन् । पूर्व पत्रकार समेत रहेका बिसीलाई एमाले महासचिव शंकर पोखरेलको आशिर्वाद रहेको प्रचार गरिएको थियो । यस अघि छिमेकी जिल्ला बर्दियामा पनि महासचिव पक्षका उम्मेदवार लालबहादुर श्रेष्ठ एमाले बर्दियाको अध्यक्षमा पराजित भएका थिए ।

निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री बिजयी भएका छन् । प्रदेश सरकारका सामाजिक बिकास मन्त्री समेत रहेका खत्रीले ३१३  मत पाएका छन् । उनीसँग चुना लडेका युवा उम्मेदवार रबिन्द्र लम्सालले १३८ मत पाएका छन् । त्यसैगरि सचिव पदमा बलराम भट्टराई १३९  मतका साथ बिजयी हुँदा खिल प्रसाद भुसालले १०६  मत, भिम वलीले९५  मत र दत्त आचार्यले ८८  मत पाएका छन् । उपसचिव महिलामा निर्मला सुनार बिजयी भएकी छन् भने पुरुषमा किशोर थापा बिजयी भएका छन् । निर्वाचन समितिबाट घोषणा हुन भने बाँकि छ ।

उपाध्यक्ष खत्री बिसी प्यानलबाट र सचिव भट्टराई गुरुङ प्यानलबाट चुनाव लडेका थिए । निवर्तमान अध्यक्ष किस्मत कक्षपतीले चुनाबी मैदानबाट बाहिरिँदा आफ्ना उम्मेदवार भनेर मत मागेका उपाध्यक्षका उम्मेदवार लम्साल र सचिवका उम्मेदवार आचार्य दुबै पराजित भए । महासचिवको आशिर्वाद नपाएपछि गुरुङको समर्थन गर्दै कक्षपती मैदान छाडेर उम्मेदवारी फिर्ता लिएका थिए ।

नवौं जिल्ला अधिवेशनमा विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनको बन्द शत्रमा उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । एमाले बाँकेको जिल्ला सदस्यमा राप्ती सोनारी गाउँपालिकाबाट खुल्ला(महिला)मा यमकुमारी ओली, सदस्य खुल्ला (पुरुष) मा नरेन्द्रप्रसाद लामिछाने, मनोज केसी र विश्वराज खनाल तथा सदस्य (आदिवासी जनजाती)मा अंकित श्रेष्ठ, सदस्य(दलित)मा लिलमान दमाई, सदस्य (मधेसी)मा लालतारा (अजय गद्दी), सदस्य (युवा पुरुष)मा ज्ञानेन्द्रराज वली र सदस्य (युवा महिला)मा रिताकुमारी खत्री बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।

नरैनापुर गाउँपालिकाबाट सदस्य (खुला महिला)मा सुनेना मिश्र, सदस्य खुला (पुरुष)मा पारशनाथ पाण्डे, सदस्य (मधेसी)मा राजकुमार तिवारी, सदस्य (युवा)मा विक्रम यादव निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । त्यस्तै कोहलपुर नगरपालिकाबाट सदस्य (आदिवासी जनजाती महिला) मा मनिसरा श्रेष्ठ, सदस्य (मुस्लिम)मा सफी मोहम्मद गुजर निर्विरोध निर्वाचित भएका छन् । डुडुवा गाउँपालिकाबाट सदस्य खुला(पुरुष)मा झंकबहादुर थापा र महेन्द्रबहादुर शाही, सदस्य खुला(महिला)मा सरोजकुमारी यादव, सदस्य मधेसीमा मोहनराम मिश्र निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी नेपालगन्ज उपमहानगरपालिकाबाट सदस्य दलित(महिला)मा रमा गहतराज विश्वकर्मा, सदस्य दलित(पुरुष)मा बुद्धिबहादुर बि.क., सदस्य युवा (पुरुष)मा मनोज विश्वकर्मा र हंसराज खनाल, सदस्य मुस्लिम (महिला)मा तलतप्रविण खान, सदस्य युवा(महिला)मा सुमन गिरी श्रेष्ठ, सदस्य (आदिवासी जनजाती जनजाती महिला)मा गंगा श्रेष्ठ निर्वाचित भएका छन् ।

जानकी गाउँपालिकाबाट सदस्य खुला (महिला)मा प्रेमलक्ष्मी हमाल, सदस्य खुला(पुरुष)मा खिमप्रकाश विष्ट, विश्राम बर्मा र रमेशकुमार बर्मा, सदस्य मधेसीमा राजकुमार धोवी, सदस्य (युवा)मा हिमान्सु यादव र सदस्य आदिवासी जनजाती)मा सुरेश यादव निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै खजुरा गाउँपालिकाबाट सदस्य (मधेसी)मा साविर जोलाह, सदस्य (मुस्लिम)मा जैनुल आवद्धिन खाँ, सदस्य (महिला)मा भिमसरा भण्डारी निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । बैजनाथ गाउँपालिकाबाट सदस्य खुला(महिला)मा कल्पना थापा, कौशिला कठायत, निर्मला मल्ल र प्रेम पुर्ण योगी, सदस्य दलित (महिला)मा मनमाया चुनारा र सदस्य युवा (महिला)मा भुमिसरा मगर निर्विरोध निर्वाचित भएका छन् ।

सदस्य जिल्ला खुला (महिला)मा उषाकुमारी भण्डारी, नन्दकुमारी बिष्ट, ममता जैसी, विजुला अधिकारी, सारा परियार र शोभा बिसी, सदस्य जिल्ला युवा (खुला)मा सुमन घिमिरे, सदस्य जिल्ला युवा (मुस्लिम)मा निसार अहमद दर्जी, सदस्य जिल्ला थारु (पुरुष)मा अर्जुन चौधरी र सदस्य जिल्ला थारु(महिला)मा कृष्णकुमारी थारु निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा समितिको उपाध्यक्षमा डिल्लीराम शर्मा, लेखा सचिवमा विश्वसेन गौतम, लेखा सदस्य (महिला)मा चन्द्रकला लामिछाने, जमुना केसी र नन्दा घिमिरे तथा लेखा सदस्य (खुल्ला) मा मोतीप्रसाद भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ९ : ५२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान