११ श्रावण २०८१, शुक्रबार | July 26, 2024

नेपालगन्जमा परम्परागत इनारको संरक्षण



नेपालगन्ज । नेपालगञ्जका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिमलाई मध्यनजर गरी परम्परागत कुवा (इनार) संरक्षण गर्न थालिएको छ ।

नेपालगन्ज—३ र वडा नं ७ मा चारपाङ्ग्रे सवारीसमेत प्रवेश गर्न नसक्ने बाटो रहेका कारण आगालागीजन्य विपद्का समयमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि कुवा संरक्षणमा जोड दिइएको हो । यस अभियानमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर) परियोजनाले प्राविधिक सहयोग गर्दै आएको छ ।

वडा नं ७ मा पुराना कुवा (इनार) लाई संरक्षण गरी चार हजार लिटर पानी ट्याङ्कीमा संकलन गरिराख्ने व्यवस्था मिलाइएको स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । “वडा कार्यालय र स्थानीय टोलवासीसँगको सहकार्यमा परम्परागत कुवा संरक्षण गरी आगजनीजन्य विपद्का बेला पानी प्रयोग गर्नसक्ने व्यवस्था मिलाइएको छ”, ज्ञवालीले भने, “केही गरी साँघुरो गल्लीभित्रको बस्तीमा आगजनी भइहाले पनि अब ट्याङ्कीबाट जम्मा गरिएको कुवाको पानीले आगो नियन्त्रण गरिनेछ ।”

आगो नियन्त्रण तथा समुदायस्तरमा खोज उद्धार र प्राथमिक उपचारका लागि एक सय ८३ स्वयम्सेवक परिचालन गरिनुका साथै वडा नं ३ र ७ मा जनचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको ज्ञवालीले बताए ।

दमकल प्रवेश गर्न नसक्ने गल्लीभित्र रहेका बस्तीमा आगजनी नियन्त्रणका लागि स्थानीय कुवाबाट पानी सङ्कलन गरी ‘ड्राइफायर हाइड्रेण्ड’ विधिको विकास गरिएको छ । यस विधिमा कुवाको पानी ट्याङ्कीमा सङ्कलन गर्ने र ट्याङ्कीमा बस्तीभित्र पुग्नेगरी पाइप जडान गरिएको नेपालगञ्ज उपमहानगरपालिका–७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले जानकारी दिए । प्राचीनकालदेखि खानेपानीको विकल्प बनेका कुवाको महत्व र आगजनी नियन्त्रणलाई दृष्टिगत गरी वडाभित्रका सबैजसो कुवाको संरक्षण सुरू गरिएको श्रेष्ठले जानकारी दिए । “प्रयोगमा आउन छाडेपछि पुरिएका कुवाको पुनःनिर्माण गरेका छौँ, विगतमा पुरिएका दुई कुवालाई सरसफाइ र मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइसकेका छौँ”, वडाध्यक्ष श्रेष्ठले भने,“स्थानीय टोलवासीको सहयोग र समन्वयमा अन्य पाँच कुवाको मर्मतसम्भार गर्ने योजना छ ।”

पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएका कुवाको संरक्षणको जिम्मा स्थानीय टोलवासीलाई नै दिइएको छ । कुवालाई सफा गरेपछि अहिले लुगा धुन, नुहाउन, करेसाबारीमा प्रयोग गर्नेलगायत कामका लागि पानीको प्रयोग हुन थालेको वडाध्यक्ष श्रेष्ठले बताए ।

वर्षौंदेखि प्रयोगविहीन रहेका कुवाको मर्मत भएपछि स्थानीयवासी पनि खुसी भएका छन् । स्थानीय चन्द्रकला गुरुङले कुवाको पानी धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेकाले विवाह, व्रतबन्ध, पूजाआजामा प्रयोग गर्दा उत्तम हुने धार्मिक विश्वास रहिआएको बताइन् ।

वडा नं ७ कार्यालयले गगनगञ्ज, शिव मन्दिर र मदन—आश्रितमार्ग टोलमा रहेका पुराना कुवाको संरक्षण गर्न लागेको छ । यो कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरणका लागि दुई वर्षदेखि सचेतना प्रवर्द्धन गरिरहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १ : १९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान