१० पुस २०८२, बिहिबार | December 25, 2025

तिलोत्तमामा सूचना केन्द्र र आपतकालीन कार्य संचालन केन्द्र स्थापना



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा सूचना केन्द्र र स्थानीय आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरिएको छ । नगरपालिकाको सही सूचना सहजै उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको हो भने एक्कासी आइपर्ने विपद् न्यूनीकरणको कार्यमा तत्पर रहन आपतकालीन संचालन कार्य केन्द्र निर्माण गरिरएको हो । दुवै केन्द्रको सोमबार एक कार्यक्रमका बीच नगर प्रमुख रामकृष्ण खाँणले उद्घाटन गरेका छन् ।

उनले भौतिक, मानवीय क्षेत्रमा काम गरिरहेको तिलोत्तमाले सूचना प्रवाहमा पनि अग्रसर रहन सूचना केन्द्र संचालनमा ल्याएको बताए । उनले सूचना केन्द्रले नगरभित्र भइरहेका हरेक गतिविधिबारे सरोकारवालालाई जानकारी दिलाउन र आपतकालीन कार्य संचालन केन्द्रले विपद् न्यूनीकरणमा सघाउ पुग्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तिलोत्तमाले गरेको नवीनतम काम संघीय सरकारले गर्नुपर्ने खालको रहेको बताए । उनले अब अन्य पालिकाले समेत सिको गरेर केन्द्र संचालनमा ल्याउने, विपद् व्यवस्थापन सम्बन्धी तालिम दिएर जनशक्ति तयार राख्न आवश्यक भएको बताए ।

उनले हरेक वर्ष विपद्का नाममा खर्च भइरहेको बजेटको प्रभावकारिता देखिने गरी काम गर्न आग्रह गरे । अर्यालले केन्द्रमा आउने जो कोहीलाई पालिकाको सही सूचना दिन समेत आग्रह गरे । कार्यक्रमका अधिकांश सहभागीहरुले पालिकाले विनियोजन गर्ने बजेट मध्ये विपद् व्यवस्थापनका लागि गरिने तालिममा मात्र सीमित नरहेर केन्द्र स्थापना गरी तालिम प्रदान गरेका जनशक्तिलाई तत्पर रहन निर्देशन दिनुपर्ने बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ६ : १६ बजे

पूर्वगृहमन्त्री रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता र पूर्वगृहमन्त्री रमेश लेखक

बालेनलाई भेटन् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगे कुपण्डोल

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

नयाँ राजनीतिक शक्तिमा नेतृत्वको होड, सहकार्यभन्दा प्रतिस्पर्धा बलियो : रेशम चौधरी

काठमाडौं । पुराना दलहरूको विकल्पका रूपमा उदाएका नयाँ राजनीतिक शक्ति

रवि-बालेन भेटवार्ता रहस्यमै, ‘मेरो अनुहारले के भन्छ ?’ भन्दै सञ्चारकर्मीको प्रश्न टारे लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा