१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

जलवायु परिवर्तन रोक्न मिडियाले भूमिका खेल्न जोड



बुटवल । बढ्दो जलवायु परिवर्तन रोक्नका लागि वातावरण संरक्षणमा सरकारको नीति कार्यान्वयनलाई विज्ञहरुले जोड दिएका छन् । जलवायु परिवर्तनसँगै उत्पन्न हुने प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापनका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारले आवश्यक नीति निर्माण गरी कार्यान्वयनमा जोड दिन सञ्चार माध्यमले भूमिका खेल्नु पर्ने उनीहरुको सुझाब छ । पर्यावरण संरक्षण समाज रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको ‘पत्रकारसँग पर्यावरणीय मुद्दा’ विषयक अन्तरक्रियामा सहभागीहरुले वातावरण संरक्षणमा कलम चलाउन जोड दिएका हुन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वातावरण विज्ञ तथा पत्रकार डिआर घिमिरेले जलवायु परिवर्तनका कारण विश्वले निकट भविष्यमै ठूलो चुनौतिको सामना गर्नुपर्ने चेतावनी दिए । पृथ्वीको बढ्दो तापक्रम, प्रदुषण, पानीको मुहान सुक्दै जानु तथा हरियाली वन जँगल भित्रका जमिन समेत सुख्खा र खुइलिँदै जाँदा प्रकोपको जोखिम बढ्दै गएको उल्लेख गरे ।

यसैगरी वातावरण विज्ञ तथा सामुदायिव वन समन्वय समिति तिनाउ गाउँपालिका संयोजक दलबहादुर गुरुङले मानवीय क्रियाकलापले प्रदुषणमा भएको वृद्धिलाई कम गर्न सञ्चार जगतले कलम चलाउनु पर्नेमा जोड दिए । हरियाली संरक्षणका लागि डढेलो नियन्त्रण, जलाधार क्षेत्रको संरक्षण, फोहर मैला व्यवस्थापन तथा प्लाष्टिक जन्य वस्तुको प्रयोगलाई निरुत्साहित गर्नुका साथै अव्यवस्थित शहरी बिकासलाई रोक्नु पर्नेमा जोड दिए । विगतमा सामान्य मानिएको जलवायु वरिवर्तनको मुद्दाले विश्वका बिकासित राष्ट्रहरुले अहिले मूल मुद्दा बनाएर अघि बढेको बताउँदै उनले नेपालमा पनि राजनीतिक मुद्दाको रुपमा यसलाई स्थापित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमा बोल्दै समाजकी अध्यक्ष गँगा पोखरेलले प्लाष्टिकजन्य बस्तुको प्रयोगलाई कम गर्नुका साथै हरेक व्यक्ति तथा परिवारमा वातावरणमैत्री व्यवहारको बिकासमा जोड दिइन् । पर्यावरण संरक्षणका लागि हरेक व्यक्तिले आफूबाट सुरु गरी परिवार र समाजमा अभियानकौ रुपमा अघि बढाउनु पर्ने बताइन् । वातावरण प्रदुषण र यसबाट निम्तिन सक्ने विपद बारे भिडियो सामग्री प्रस्तुत गर्दै उनले बुटवलमा बढ्दो प्रदुषण तथा सम्भावित संकट बारे उल्लेख गरेकी थिइन् ।

कार्यक्रमको सञ्चालन गर्दै समाजका महासचिव कृष्ण प्रसाद घिमिरले संस्थाले हालसम्म गरेका गतिविधि तथा अभियान बारे जानकारी गराएका थिए । बुटवल उपमहानगरसँगको सहकार्यमा आयोजित कार्यक्रममा उनले संस्थाको आगामी योजना बारे समेत जानकारी गराएका थिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ४ : ४५ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा