१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

बुटवल उपमहानगरपालिमा नगर प्रमुख पाण्डेयको २ वर्ष : यस्ता छन् २ वर्षका कामहरु (पूर्णपाठ सहित)



बुटवल । बुटवल उपमहानगरपालिकामा स्थानीय तह निर्वाचन २०७९ मा जनप्रतिनिधि निर्वाचित भई सपथ ग्रहण गरेको आज जेठ ९ गते २ वर्ष पूरा भएको छ । २ वर्ष पुरा भएको अवसरमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उपमहानगरको २ वर्षे कार्यकालको प्रतिबेदन सार्वजनिक गरेका छन् ।

प्रतिशेदनमा नगर प्रमुख पाण्डेयले बुटवललाई ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’का रुपमा रुपान्तरण गर्ने संकल्पका साथ उपमहानगर बुटवलबासी, राष्ट्रसेवक कर्मचारी, संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी, उद्योगी व्यवसायीलाई साथसाथै लिएर नगरबासीको जनप्रतिनिधिसँगको पहुँचलाई सरल बनाउँदै बुटवलको उन्नति यात्रामा अघि बढिरहेका जनाएका छन् । उनले बुटवलले अहिले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा देशमै अगुवाई गरिरहेको दाबी गर्दै बुटवललाई यो अवस्थासम्म ल्याइपु¥याउन सकारात्मक भूमिका निर्वाह गर्ने यस क्षेत्रका पूर्वजनप्रतिनिधिहरु, समाजसेवी तथा सम्पूर्ण बुटवलबासीमा हार्दिक आभार प्रकट गरेका छन् ।

नगर प्रमुख पाण्डेयले शहरलाई नेपालकै महत्वपूर्ण शहरका रुपमा स्थापित गर्ने र प्रवद्र्धन गर्ने जिम्मेवारी आफुहरुको काँधमा आएको उल्लेख गरेका छन् । उनले बुटवललाई शैक्षिक, व्यापारिक, औद्योगिक, पर्यटकीय, प्रविधियुक्त, स्वस्थ र अगुवा नगरका रुपमा स्थापित गर्न उपमहानगर प्रयत्नरत रहेको जनाउँदै बुटवललाई समुन्नत विकास तथा देशकै सबल आर्थिक केन्द्र बनाउन निरन्तर लागिरहनेमा प्रतिबद्धता समेत जनाएका छन् । सबै वडाहरुको सन्तुलित विकास गर्दै नगरबासीको साझा चौतारीको रुपमा बुटवल उपमहानगरपालिकालाई स्थापित गर्न उपमहानगर प्रयत्नरत रहेको उनले जनाएका छन् ।

यस्तो छ उपमहानगर प्रमुख पाण्डेयको मुख्य मुख्य कार्यहरुको विवरण :

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ९ : ४२ बजे

सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदको आइतबारको बैठकमा सांसद

कृष्णबहादुर महरासँग १ लाख धरौटी माग

काठमाडौँ । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी

रास्वपा सभापति लामिछाने भारत पुगे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

महीको बिक्रीबाट आम्दानी बटुल्दै सन्तोष

नेपालगन्ज । कोहलपुर नगरपालिका–१० का सन्तोष पौडेलले ‘ठेकी स्वादको मही’

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन