५ बैशाख २०८३, शनिबार | April 18, 2026

बाँकेमा विपदजन्य घटनाको प्रतिकार्यका लागि जिल्ला स्तरिय टोली गठन



नेपालगन्ज । अत्याधिक गर्मीबाट हुन सक्ने महामारी, वर्षयाममा हुन सक्ने सम्भाब्य विपद तथा बाँकेमा हुँदै आएको महामारी नियन्त्रणका लागि द्रुत प्रतिकार्य टोली गठन गर्न बाँकेमा अभिमुखीकरण सहित पूर्व तयारी बैठक आयोजना गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बसेको बैठकमा सहभागीहरुले विपद सूचना दिएन नआउने गरेकाले सम्बन्धित निकाय हरेक बेला प्रतिकार्यका लागि तयारी अवस्थामा रहनुपर्ने बताए । उनीहरुले पूर्व तयारी प्रभावकारी नहुँदा क्षति हुने गरेको स्मरण गर्दै बाँकेमा विपद विरुद्धको प्रतिकार्यका लागि सबै निकाय तयारी अवस्थामा रहेको बताए । विपदका विरुद्ध प्रतिकार्यको पूर्व तयारी गरिएपनि पर्याप्त जनशक्ति नभएका कारण समस्या आउने गरेको उनीहरुले गुनासो गरे ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले विपद विरुद्धको पूर्व तयारी गतिविधि र प्रतिकार्य टोलि गठनका कारण विपदको बेलामा स्वास्थ्य क्षेत्रले धेरै परिवर्तन गर्न सकिने बताए । विपद व्यवस्थापन गर्नको लागि अतिरिक्त क्रियाकलाप र जनशक्तिको आवश्कता पर्ने भएको हुँदा विपद प्रतिकार्य गर्न राज्यका सबै निकाय एकजुट भएर लाग्न पर्नेमा प्रजिअ रिजालको जोड थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले द्रुत प्रतिकार्य टोलीका काम, कर्तव्य र अधिकार तथा यसको संरचनाको बारेमा जानकारी गराएका थिए ।

उनले जिल्लामा हुने हरेक महामारीबाट बच्नको लागि पूर्व तयारी गरी काम गरेको बताउँदै स्वास्थ्य अधिकार भित्रको विषयलाई प्रयोग गर्दै हरेक किसिमबाट बाँकेलाई अब्बल बनाउने प्रयास स्वरूप द्रुत प्रतिकार्य टोली गठन गरिन थालिएको बताए ।

भेरी अस्पताल नेपालगन्जका विपद प्रतिकार्य संयोजक डा. संकेत रिसालले अस्पतालले विपद प्रतिकार्यका लागि पूर्व तयारी र अभ्यास गरिसकेको बताउँदै त्यसका लागि पर्याप्त जनशक्तिको अभाव रहेको बताए ।

स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेशबाबु श्रेष्ठले सहजिकरण गरेको कार्यक्रममा भेरी अस्पताल नेपालगञ्जका नर्सिङ्ग प्रशासक आशा पन्त, रेडक्रस बाँकेका दोलख डाँगी, जिल्ला आपतकालिन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीलगायतले आ–आफ्ना कार्यलयले गरेको तयारीको बारेमा जनाकारी गराएका थिए । सो कार्यक्रममा बाँकेका ८ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  १० : ०५ बजे

सर्वोच्चका कर्मचारीले पालना गरेनन् नियम

काठमाडौं । कानुनको अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्च अदालतका कर्मचारीले

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

ताप्लेजुङ । जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा