५ चैत्र २०८२, बिहिबार | March 19, 2026

लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध



लुम्बिनी । मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा लुम्बिनीबाट शिशु बुद्व प्राचीन कपिलबस्तुको तिलौराकोट दरबार लगिएको छ।
सिद्वार्थ गौतमलाई बुद्वपूर्णिमाको अर्को दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलबस्तु लगिएको स्मरण गर्दै शुक्रबार बोधिसत्व सिदार्थ शिशु बुद्वलाइ तिलमैराकोट दरबारतर्फ लगिएको हो ।

लुम्बिनी सास्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन र लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलबस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेलाई शिशु बुद्व (बोधिसत्व सिद्वार्थ) को धातुको मूर्ति हस्तान्तरण गरि प्राचीन तिलौराकोट दरबार पठाईएको हो ।

बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्वलाई गृहनगर तिलौराकोट फर्कदाको क्षणलाई स्मरण गरि बोधिसत्व बुद्वको मूर्तिको शोभायात्रा गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । राजा शुद्वोधन र मायादेविको स्वरूप बनाएर बग्गिमा चढाएर शिशु बुद्धलाई तिलौराकोट लगिएको छ । बुद्धका पिता राजा शुद्धोधनले छोरा राजकुमार सिद्धार्थ जन्मिएपछि कपिलवस्तुको तिलौराकोटबाट बाजागाजासहित सेना लिन पठाएको बौद्ध धर्मग्रन्थमा उल्लेख छ ।

कोषले २५६७ औं बुद्धजयन्तीको अवसरमा शिशु बुद्धलाई बाजागाजा सहित २६ किमिको भव्य शोभायात्रा निकालेको हो । राजकुमार सिद्धार्थ जन्मिएपछि राजधानी कपिलवस्तु (तिलौराकोट) फर्किंदाको २६ सय वर्षअघिको क्षणलाई स्मरण गराउने कोसिस गरिएको परिषद सदस्य गोपिकृष्ण शर्माले बताए । लुम्बिनीदेखि लगिएको शिशु बुद्धलाई तिलौराकोट लगेपछि कार्यक्रम गरिनेछ ।

बौद्ध ग्रन्थअनुसार मायादेवी गर्भवती भएपछि माइत देवदह जाने इच्छा गरेकी थिइन् । रमणीय बगैंचा लुम्बिनी पुगेपछि डोेलीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको आनन्द प्राप्त गर्न नपाउँदै शारीरिक स्वभावमा परिवर्तनसँगै सालको वृक्ष समातेर राजकुमार सिद्धार्थलाई जन्म दिएकी थिइन् । यो खबरले तिलौराकोट, कपिलवस्तु सहर र देवदहमा हर्षोल्लास भयो र सिंगो कपिलवस्तु सहर सिँगारेर चिटिक्क पारिएको थियो।

‘सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित सयौं गन्यमान्य रथमा बसेर कपिलवस्तु फर्किएकी थिइन् । त्यतिबेला कपिलवस्तुका प्रत्येक नागरिकले राजा शुद्धोधनलाई पुत्रलाभ भएको खुसियालीमा घरघरबाट स्वागत एवं दीपावली गरेका थिए,’ बौद्ध धर्मग्रन्थमा लेखिएको छ ।

सिंगो कपिलवस्तुमा कैयौं दिनसम्म खुसी भएको स्मरण गर्दै रथयात्रा सुरु गरिएको हो । भगवान शाक्यमुुनी बुद्ध ई।पूू।६२३ मा लुम्बिनीको सुुन्दर र पवित्र बगैचामा माता मायादेवीको कोखबाट बैशाख शुक्लपूूर्णिमाका दिन भएको थियो । बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले बिशेष महत्वका साथ बुद्ध जयन्ती एंव लुम्बिनी दिवसका रुपमा मनाउँदै आएको छ । विहिबार प्रधानमन्त्री पुष्पकमल दाहाफ प्रचण्डको प्रमुख आतिथ्यतामा मूल समारोह गरिएको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ८ : ४२ बजे

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८