३ असार २०८१, सोमबार | June 17, 2024

संसद् अवरोध अन्त्य गर्न देउवालाई प्रचण्डको आग्रह, रविको नामै तोक्नुपर्ने कांग्रेसको अडान



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को गत्यावरोध अन्त्यका लागि नेपाली कांग्रेसलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले सभापति देउवा निवासमै पुगेर अवरोध अन्त्य गर्न सहमतिमा आउनका लागि कांग्रेसलाई आग्रह गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित लगातार सदनको कारबाहीमा अवरोध गर्दै आएको छ ।

प्रधानमन्त्रीले सदनको काम कारबाहीलाई सहज बनाइदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले देउवासँग एक्ला एक्लै र अन्य नेताहरूसँग सामूहिक छलफल गरी सदनको अवरोध हटाइदिन आग्रह गरेका थिए ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले समस्या समाधानका लागि प्रधानमन्त्रीले गम्भीरतापूर्वक सक्रियता लिएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच समस्या समाधानका लागि महत्वपूर्ण छलफल भएको उनले बताए । तर, कांग्रेस नेताहरुले सहकारी ठगी छानबिनको क्रममा गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै समिति गठन गर्नुपर्ने अडानमा फर्किएका छन् । उनीहरुले सहकारी ठगी छानबिन गर्दा गृहमन्त्रीको नाम नतोकिने हो भने समस्याको समाधान हुन नसक्ने जिकिर गरेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ११ : ३५ बजे

मुकु सुवेदीको नयाँ गीत ‘डालीमा बसेछ चरी’ सार्वजनिक (भिडियो सहित)

बुटवल । कलाकार मुकु सुवेदीको नयाँ लोक गीत सार्वजनिक भएको

लुम्बिनी प्रदेशका अण्डर १९ पुरुष भलिबल खेलाडी छनौट

बुटवल । लुम्बिनी प्रदेशस्तरीय अण्डर-१९ भलिबल खेलाडी छनोट भएका छन्

गुलरिया-१२ बालविवाह मुक्त वडा घोषणा

बर्दिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिकालाई बालविवाहमुक्त नगर पालिका बनाउने

देशभित्र भविष्य देख्ने वातावरण बनाउन गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण

मनाइयो पहिलो दिनको बकर इद, तीन दिन (बुधबार) सम्म पर्व मनाइने

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल