१४ बैशाख २०८३, सोमबार | April 27, 2026

संसद् अवरोध अन्त्य गर्न देउवालाई प्रचण्डको आग्रह, रविको नामै तोक्नुपर्ने कांग्रेसको अडान



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को गत्यावरोध अन्त्यका लागि नेपाली कांग्रेसलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले सभापति देउवा निवासमै पुगेर अवरोध अन्त्य गर्न सहमतिमा आउनका लागि कांग्रेसलाई आग्रह गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित लगातार सदनको कारबाहीमा अवरोध गर्दै आएको छ ।

प्रधानमन्त्रीले सदनको काम कारबाहीलाई सहज बनाइदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले देउवासँग एक्ला एक्लै र अन्य नेताहरूसँग सामूहिक छलफल गरी सदनको अवरोध हटाइदिन आग्रह गरेका थिए ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले समस्या समाधानका लागि प्रधानमन्त्रीले गम्भीरतापूर्वक सक्रियता लिएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच समस्या समाधानका लागि महत्वपूर्ण छलफल भएको उनले बताए । तर, कांग्रेस नेताहरुले सहकारी ठगी छानबिनको क्रममा गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै समिति गठन गर्नुपर्ने अडानमा फर्किएका छन् । उनीहरुले सहकारी ठगी छानबिन गर्दा गृहमन्त्रीको नाम नतोकिने हो भने समस्याको समाधान हुन नसक्ने जिकिर गरेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ११ : ३५ बजे

रसुवागढी भन्सार : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

धुञ्चे । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा

कांग्रेसका दुई महत्वपूर्ण समिति बैठक आज, अनुशासन र समसामयिक विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका कार्यसम्पादन समिति र केन्द्रीय अनुशासन समितिको

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा आज

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम । यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार