१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

अव मोवाइल एपबाट स्वास्थ्य सेवा



काठमाडौं । वर्तमान युग विज्ञानको युग हो र विज्ञानले विकसित गरेको सूचना प्रविधिले विश्वलाई कुनै पनि मुलुकको गाउँशहर र घर मात्र होइन, एक कोठामा सीमित गरिदिएको छ । अझै भनौं भने प्रत्येक व्यक्तिको औंलामा सीमित गरिदिएको अनुभूति वर्तमान पुस्ताले गर्न थालेको छ । अहिले मोवाइल एपको माध्यमबाट मानिसले हरेक किसिमका सेवाहरु सहजै लिइरहेका छन् ।

विज्ञानको उपहारको रुपमा विकसित भइरहेको सूचना प्रविधिले मोवाइल एपको माध्यमबाट हरेक मानिसले मानव स्वास्थ्यसंग सम्बन्धित हरेक किसिमका स्वास्थ्य सेवा घरमै बसेर सहजै पाउन सकिन्छ भन्ने कुरा आज यहाँ सचेतना सहितको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमले नयाँ सन्देश दिएको छ ।

“हेल्थयादआयो” नामक नीजि क्षेत्रको संस्थाले कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत वडा नं. ९ स्थित पेप्सीकोला एपार्टमेन्टमा शनिवार आयोजित स्वास्थ्य शिविरमा स्वास्थ्य परामर्श, स्वास्थ्य परिक्षण, दन्त चिकित्सा तथा ल्याव परिक्षण शिबिरबाट पेप्सीकोला एपार्टमेन्ट भित्र र आसपासका बासिन्दाले सेवा पाएका छन् ।

विहान ७ बजेदेखि १२ बजेसम्म सञ्चालन गरिएको उक्त शिविरमा पेप्सीकोला एपार्टमेन्टमा बसोवास गर्ने ८१ जना महिला तथा पुरुषले विभिन्न किसिमका स्वास्थ्य सेवा लिएका थिए भने उनीहरुले मधुमेह, युरिक एसिड, रक्तचाप, दन्तरोग लगायतका थुप्रै निःशुल्क सेवा लिएका थिए ।

मोवाइलएप स्वास्थ्य सेवाको बारेमा सचेतना फैलाउने उद्देश्यले हरेक शनिवार उपत्यकाका भिभिन्न क्षेत्रमा शिविर सञ्चालन गर्न थालिएको आयोजक संस्थाले जनाएको छ ।

काठमाडौंको वी केयर हेल्थ सेन्टर र सूर्य डाइग्नोष्टिक ल्यावको सहकार्यमा सञ्चालित उक्त शिविरमा मधुमेह, युरिक एसिड, रक्तचाप र दन्तरोगको परिक्षण निःशुल्क गरिएको थियो भने सहुलियत दरमा विभिन्न किसिमका रोगहरुको लागि रगत तथा पिसाब संकलन र परिक्षण सेवा दिइएको थियो ।

पाँचवर्षको बालकदेखि ८५वर्षका जेष्ठ नागरिकहरुले सेवालिएको उक्त शिविरमा भिडियोको माध्यमबाट विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुले रोगको बारेका सचेतनामूलक प्रवचन दिएका थिए भने “हेल्थयादआयो”का प्रवन्ध निर्देशक प्रज्वल चुकेले शिविरमा आएका सेवाग्राहीहरुलाई मोवाइलएप डाउनलोड गर्ने, चलाउने तरिका र यसको माध्यमबाट देश भित्र तथा वाह्य मुलुकका विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुसंग लिन सकिने स्वास्थ्य परामर्श सेवा सम्बन्धि जानकारी दिएका थिए ।

एक वर्ष अघि ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोलमा सेवाशुरु गरिएको “हेल्थयादआयो”का संस्थापक प्रवन्ध निर्देशक मोवाइल हेल्थएपका परिकल्पनाकार प्रज्वल चुकेका अनुसार मोवाइलएपकै माध्यमबाट सेवाग्राहीले घरमै बसेर काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, विराटनगर, बिर्तामोड र भैरहवालगायत नेपालको प्रमुख १० प्रमुख शहरहरुमा स्वास्थ्य परामर्श र ल्याव परिक्षण सेवा लिन सक्ने सुविधा उपलब्ध गराइएको छ ।

यसका साथै छिमेकी भारत, थाइल्याण्ड, मलेसिया र सिंगापुरका विभिन्न शहरहरुमा रहेका प्रसिद्ध अस्पतालका चिकित्सकहरुसंग भर्चुअल चिकित्सा परामर्श सेवा मोवाइलएपकै माध्यमबाट प्राप्तगर्न सकिने प्रवन्ध निर्देशक चुकेले बताए ।

“हेल्थयादआयो”का हेल्थ केयर व्यापार प्रवन्धक रिना भट्टराईले यस्तो किसिमको स्वास्थ्य शिविर भविष्यमा काठमाडौं उपत्यका बाहिर नेपालगन्ज लगायत देशका प्रमुख शहरहरुमा सञ्चालन गरेर मोवाइलएपको माध्यमबाट स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको जानकारी दिइन् ।

शिविरमा“हेल्थयादआयो”को तर्फबाट ल्याव प्रमुख जीवन तिवारी, फर्मासिष्ट विवेक थापा, अनिष श्रेष्ठ र सिमन प्रसादलगायतले रगत संकलन तथा परामर्श सेवा दिएका थिए ।

सहकार्य गर्ने वी केयर हेल्थ सेन्टरको तर्फबाट दन्तरोग विशेषज्ञ डा. आयुष्मा ध्वजु, डा. रोजिना जोशी, दिप्ती घिमीरे लगायतले स्वास्थ्य परिक्षण तथा परामर्श सेवा दिएका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ३ : ३० बजे

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा