२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि



बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । निकुञ्जमा बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बाघको सङ्या बढेर एक सय २५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको जानकारी दिए ।

भ्रमणका लागि आउने करिब ९० प्रतिशत पर्यटकले बाघ अवलोकन गर्ने गरेका छन् । अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई हजार विदेशी पर्यटक निकुञ्ज घुम्न आएकामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा चार हजार पर्यटक आएका छन् ।

अघिल्लो आवको पुस मसान्तसम्ममा छ हजार आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको सोही अवधिमा १० हजारले भ्रमण गरेका छन् । गत आवको पुस मसान्तसम्ममा पाँच सय सार्क मुलुकका पर्यटकले भ्रमण गरेकामा अहिले चालु आवको पुस मसान्तसम्ममा आठ सयले भ्रमण गरेका छन् ।

“हामीलाई विश्वास छ यसवर्ष करिब २० हजार पर्यटकले निकुञ्ज भ्रमण गर्नेछन्, यसको मुख्य कारण बाघको सङ्ख्या बढेकाले त्यसलाई प्रत्यक्ष रुपमा देख्न पाउनु नै हो”, प्रमुख संरक्षण अधिकृत रामले भने । निकुञ्जका अनुसार अमेरिका, जर्मन, फ्रान्स, न्यूजील्याण्ड, चीन, भारतलगायत मुलुकका विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ३ : ५७ बजे

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका