३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रतिपक्षमा जुन पार्टी भए पनि सहकारी ठगीको मुद्दा यसरी नै उठ्थ्यो : महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा जुन पार्टी भए पनि सहकारी ठगीको मुद्दा यसरी नै उठ्ने जिकिर गरेका छन् ।

नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘लोकतन्त्रमा सञ्चार माध्यमको महत्व’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सहकारीका नाममा धेरै नागरिक पीडित बनेकाले तिनलाई न्याय दिन पनि सहकारीको मुद्दालाई टुङ्गोमा पु-याइने प्रतिबद्धता जनाए। “यदि अहिले कांग्रेसको ठाउँमा अरु जुनसुकै पार्टी भए पनि यो विषय उठ्थ्यो । त्यसैले सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न कांग्रेसले भनेजस्तै समिति बन्छ, सहकारीबाट पीडित भएकाले न्याय पाउँछन्, सहकारीका नाममा ठगी गर्नेलाई कानुनअनुसार कारबाही हुन्छ, यसका लागि आजदेखि कांग्रेस सडक सङ्घर्षमा उत्रिएको छ”, महामन्त्री थापाले भने ।

प्रजातन्त्रको आवरणमा चरम अनुदारवादी शासन गर्न थालिएकाले सार्वजनिक संस्थाको विश्वासमा ह्रास आएको उनको भनाइ थियो । सरकारी संस्था र प्रेसजगत्प्रतिको विश्वासमा पनि ह्रास आउन थालेकाले यसप्रति सबै सजग हुनुपर्नेमा महामन्त्री थापाको जोड थियो । “सार्वजनिक संस्थाप्रतिको विश्वासमा ह्रास आएको छ, प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न खोजिएको छ । यसले यसले राम्रो सङ्केत गरेको छैन । त्यसैले हामी सबै सचेत बन्नुपर्ने अवस्था छ”, उनले भने ।

युनियनका संस्थापक एवम् नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले श्रमजीवी पत्रकारका हकहितका मुद्दा उठाउने उद्देश्यले नै विसं २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना भएको बताए। उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउको घटनाले प्रेस स्वतन्त्रतावादी सबैलाई झस्काएको र विभिन्न आवरणमा प्रेसमाथि हुने आक्रमणबारे सचेत रहनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ४ : ०७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका