२० मंसिर २०८२, शनिबार | December 6, 2025

अचाक्ली गर्मी बढेपछि नेपालगन्ज उपमहानगरले दियो ४ दिन विद्यालय बिदा



नेपालगन्ज । नेपालगन्जमा अत्याधिक गर्मी सहित तातो हावा लु चलेपछि ४ दिनका लागि बिद्यालयहरुलाई बिदा दिइने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको नगर कार्यपालिकाको बैठकले जेष्ठ १५ देखि १८ गते सम्म बिद्यालयहरुमा बिदा दिने निर्णय गरेको हो ।

उपमहानगरका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले आज एक सूचना प्रकाशित गर्दै अत्याधिक गर्मि तथा लु चलेको कारण बाँकेको नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरुमा जेष्ठ १५ देखी जेष्ठ १८ गतेसम्म चार दिन पठन पाठन बन्द गर्न भनिएको छ ।

हुन नेपालगन्ज् उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गत शिक्षा, युवा तथा खेलकुद महाशाखा नेपालगन्जले बिदा सम्बन्धी सूचना जारी गरेको हो । सूचनामा उल्लेख भएको मितिसँगै एकदिन शनिबार पर्ने हुँदा उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा पाँच दिन विद्यालय बन्द हुनेछन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ४ : २७ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति