५ चैत्र २०८२, बिहिबार | March 19, 2026

बुटवलमा ‘स्थानीय तहका असल अभ्यास र सुशासनका सवाल’ विषयक पत्रकारिता तालिम शुरु



बुटवल । बुटवल उपमहानगरको सहयोगमा नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आईतबारदेखि ‘स्थानीय तहका असल अभ्यास र सुशासनका सवाल’ विषयक पत्रकारिता तालिम शुरु भएको छ । तालिमको बुछवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन ।

उनले बुटवल उपमहानगर पत्रकारिताको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए । नगरप्रमुख पाण्डेयले बुटवलमा छुट्टै सञ्चारग्राम स्थापना गर्ने सोँच बनाएको तर जग्गाको व्यवस्थापन गर्न नसकिएको बताए । उनले बुटवललाई हरेक क्षेत्रमा अब्बल बनाउने गरी योजनाहरु अघि सारेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमहरु फलदायी हुने बताए । पछिल्लो समय पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि छुट्याइएको बजेटमा विभिन्न निकायमा उजुरी दिने प्रचलन बढेको बताउँदै त्यसले बजेट नै कटौती हुनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकाहरुको क्षमता अभिवृद्धिका लागि तीन दिने तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।

बुटवल उपमहानगरको आर्थिक सहयोगमा सञ्चालित तालिममा रुपन्देहीका क्रियाशिल ६० बढि पत्रकारहरुको सहभागिता रहेको महासंघका सचिव विनोद परियारले बताए । पहिलो दिन आईतबार बुटवल उपमहानगरका कार्यसम्पादनका विषयमा प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले प्रस्तुती राखेका थिए ।

यस्तै पत्रकारिताको पछिल्लो अवस्था र स्थानीय मिडियामा स्थानीय सरकारका सवालाका विषयमा महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, पूर्वअध्यक्षहरु शेरबहादुर केसी र यानेन्द्र जिसि तथा प्रदेश सल्लाहकार सरु राना सहितको प्यानल छलफल गरिएको थियो । सोमबार र मंगलबार भने बाह्रखरी अनलाईनका सम्पादक प्रतिक प्रधानले सहजीकरण गर्नेछन ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ७ : ०२ बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई धन्यवाद : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई