७ चैत्र २०८२, शनिबार | March 21, 2026

चितवन दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो



चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ बर्षिय राजन सुवेदी छन् । पुनको रातिनै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ८ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार ना ३ ख ७९१५ नम्बरको ट्रकका सहचालक सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो ।

नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा मध्यराति चारवटा सवारी साधन एकापसमा ठक्कर खाएका थिए । दुर्घटनामा घाइते अन्य २१ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रिजालका अनुसार काठमाडौंबाट प्यूठानतर्फ जान आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ जान आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकापसमा ठक्कर खाएका हुन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ११ : २९ बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको