१३ बैशाख २०८३, आइतबार | April 27, 2026

बालुवाटार बैठक निस्कर्षबिहीन, छानबिन समितिको टीओआरमा भएन सहमति



काठमाडौंं । संसदमा प्रमुख प्रतिपक्षी कांग्रेसले गरिरहेको अवरोध हटाउन प्रधानमन्त्रीले गरेको प्रयास आज पनि असफल भएको छ ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमािथ छानबिन गर्नुपर्ने अडानसहित सदन अवरुद्ध गर्दै आएको कांग्रेससँग सहमति खोज्न प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठक निस्कर्षबिहीन बनेको हो । बैठकमा मुख्य दलका शीर्ष नेताहरुसहित कार्यदल सदस्यहरु सहभागी थिए । प्रधानमन्त्रीले अलग अलग र संयुक्त छलफल गरे पनि सहमति नजुटेपछि पुनः आजसाँझ बस्ने गरी नेताहरु बाहिरिएका छन् ।

सहकारी छानबिन समितिको कार्यदेशका विषयमा दलहरुबीच कुरा मिल्न सकेको छैन । तर प्रधानमन्त्रीले आजै दिउँसो पनि कांग्रेस सभापति शेरबहादुर देउवासँग अलग्गै छलफल गर्ने छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  १२ : ०६ बजे

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र