६ पुस २०८२, आइतबार | December 21, 2025

कांग्रेसले ओलीमाथि लगाएको आरोप फिर्ता नलिए एमाले प्रतिवादमा उत्रिने



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्ना अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आधारहीन आरोप लगाएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँगको छलफलपछि उनले कांग्रेस सहमतिको पक्षमा नरहेको टिप्पणी गर्दै अध्यक्ष ओलीमाथि आधारहीन आरोप लगाएको विषयमा माफी माग्नुपर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले संकेत गरिरहेका छन्। अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ । एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ । यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ । कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ ।’

उनले कांग्रेसले एमालेका विरुद्ध गरेको अराजनीतिक आरोपको लिखित रूपमा सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताए ।

कांग्रेसले गिरीवन्धु टी स्टेट प्रकरणमा ओलीले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउदै आएको छ ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  १२ : ५३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा