२२ माघ २०८२, बिहिबार | February 5, 2026

मध्यावधि निर्वाचनको आशंका गर्दै कार्यकर्तालाई तयार रहन राप्रपाको निर्देशन



काठमाडौं। राप्रपाले मध्यावधि निर्वाचनको आशंका गरेको छ ।

राप्रपाको केन्द्रीय समितिको बैठकका निर्णय सार्बजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले मध्यावधि निर्वाचन हुनसक्ने भन्दै त्यसका लागि कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

राप्रपाले यस अघि शुरु गरेको भूगोल केन्द्रित आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको अध्यक्ष लिङदेनले बताए । साथै उनले आन्दोलनमा सहभागी नहुने नेता कार्यकर्तालाई पदबाट निकाल्नेसम्मको निर्णय बैठकले निर्णय गरेको बताए ।

साथै राप्रपाले सहकारी ठगि प्रकरणमा सरकारले प्रभावकारी काम गर्न नसकेको ठहर गर्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । साथै राप्रपाले प्रतिपक्षको अवरोधका बीचमा संसद संचालन गरेकोप्रति भर्त्सना गरेको छ ।

साथै राप्रपाले आफ्नो संसद गीता बस्नेतलाई सहकारी ठगि प्रकरणमा कानुन अनुसार उपस्थित भएर सामना गर्न निर्देशन दिने निर्णय गरको छ भने त्यस्तै प्रकृतिका विषयमा मुछिएका सबैलाई कारवाहीको माग समेत गरेको अध्यक्ष लिङदेनले जानकारी दिएका छन् ।

त्यस्तै राप्रपाले गिरीबन्धु टी(स्टेट प्रकरणमा भएको नीतिगत भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउन माग गरेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ५ : १६ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद