७ आश्विन २०८३, बुधबार | September 23, 2026

भ्रष्टाचार काण्डहरुको अनुसन्धान गराउन राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले आज अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयमा ज्ञापन पत्र बुझाउँदैछ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा आज दिउॅसो अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुग्ने प्रचार बिभाग प्रमुख मोहन बस्नेतले जानकारी दिए । सो टोली दिउँसो १ः०० बजे टंगाल पुग्नेछ ।

‘राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना भ्रष्टाचारका ठूला ठूला काण्डहरु सम्भव नै छैन। हामी भ्रष्टाचारका सबै काण्डहरुको शीघ्र अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन, आयोगको ध्यानाकर्षण गराउन र दबाव दिन केन्द्रीय कार्यालय टंगालमा पुग्नेछौं। राप्रपाले भ्रष्टाचार विरुद्ध प्रदर्शन सहित आयोग समक्ष ज्ञापनपत्र पेश गर्नेछ,’ उनले भने । उनका अनुसार गत असार १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सन्चालन गर्ने निर्णय गरेको थियो ।

राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरु, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरुमा समेत चरणबद्ध रुपमा भ्रष्टाचार विरुद्धको दबावमूलक अभियान सन्चालन गर्नेछ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ८ : ३४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज