३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

सबै भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै अख्तियारअगाडि राप्रपाको प्रदर्शन



काठमाडौं । देशभर बढ्दो भ्रष्टाचारको छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय अगाडि शुक्रबार प्रदर्शन गरेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गरिएको प्रदर्शनमा सहभागीहरूले नाराबाजी गर्दै भ्रष्टाचारविरुद्ध आक्रोश व्यक्त गरेका छन्। कार्यक्रममा राप्रपाले भ्रष्टाचार विरुद्धको मागसहित अख्तियारलाई ज्ञापनपत्रसमेत बुझाएको छ।

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, संघ, प्रदेश र स्थानीय तहबीच भ्रष्टाचारका लागि प्रतिस्पर्धा चलेकोजस्तो देखिएको छ। ‘अब भ्रष्टाचार कहाँ छ भनेर होइन, कहाँ छैन भनेर खोज्नुपर्ने अवस्थामा देश पुगेको छ’,  ज्ञापनपत्रमा भनिएको छ।

अध्यक्ष लिङ्देनले सरकारका मन्त्रीहरू स्वयं भ्रष्टाचारमा संलग्न रहेको तथ्यहरू एकपछि अर्को गरी बाहिर आइरहेको उल्लेख गरे। ‘मन्त्रीहरूबीच धेरै छिटो र बढी कमाउने होड चलिरहेको भान हुन्छ’, लिङ्देनले टिप्पणी गरे, ‘यहाँसम्म कि अख्तियार प्रमुख आयुक्तकै भ्रष्टाचार रकमको लेनदेन विदेशमै हुने भन्ने चर्चा भइरहेका छन्, जसले संस्थाको विश्वसनीयता कमजोर बनाएको छ।’

राप्रपाले विगतका चर्चित भ्रष्टाचार काण्डहरू – सुडान घोटाला, ललिता निवास प्रकरण, वाइडबडी विमान काण्ड, ओम्नी समूह, एनसेल कर छलाइ लगायतका विषयमा राजनीतिक नेतृत्वलाई छानबिनको दायराबाट बाहिर राखिएको भन्दै आपत्ति जनाएको छ। यस्ता काण्डमा आयोगको निष्पक्षता र प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको पार्टीको ठहर छ।

‘भ्रष्टाचारको मूल जरो राजनीतिक नेतृत्व आफैं भएकाले त्यसलाई छानबिनको दायरामा ल्याइएनसम्म साना कारबाहीहरूले सुशासन र पारदर्शिता कायम गर्न सकिँदैन’, अध्यक्ष लिङ्देनले बताए।

साथै, नक्कली भुटानी शरणार्थी प्रकरण, सहकारी ठगी, रड-सिमेन्टलगायत निर्माण सामग्रीमा मूल्यवृद्धि, भिजिट भिसा दुरुपयोग, र मन्त्रीहरूको अडिओ सार्वजनिक प्रकरणजस्ता विषयले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा बदनाम बनाएको राप्रपाको भनाइ छ।

राप्रपाले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मणिपाल मेडिकल कलेज, चिनियाँ विमान खरिद, र कृषि अनुदान दुरुपयोगजस्ता ठूला काण्डहरूमा ढिलो अनुसन्धान भएकोप्रति ध्यानाकर्षण गराउँदै अख्तियारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग राखेको छ ।

 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  २ : ५० बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय