१४ भदौ २०८३, आइतबार | August 30, 2026

प्रधानमन्त्रीसमक्ष राप्रपाको ज्ञापनपत्र



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न पाँचवटा मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको छ ।

आज प्रधानमन्त्रीसँग भेट गरी अध्यक्ष राजेन्द्र लिङ्देन नेतत्वमा ज्ञापनपत्र बुझाइएको हो । उक्त टोलीमा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, वरिष्ठ उपाध्यक्ष रोशन कार्की, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ्ग गुरुङ, महामन्त्री डा धवलशमशेर राणा, महामन्त्री कुन्ती शाही, महामन्त्री राजेन्द्र गुरुङ र महामन्त्री शरद्राज पाठकलगायत सहभागी थिए ।

राप्रपाले आगामी निर्वाचन अगावै मुलुकको वर्तमान समस्याको दीर्घकालीन र स्थायी समाधानका लागि भविष्यमा कसैले आन्दोलन गर्नु नपर्ने परिस्थिति निर्माणको माग गरेको छ । त्यसका लागि राजनीतिक दल र जेनजीलगायत पक्षधर सम्मिलित सर्वपक्षीय सम्मेलनको आयोजनाबाट देशलाई निकास दिने काम गर्नुपर्ने र अब हुने आमनिर्वाचनमै अन्तरजिल्ला र विदेशबाट मतदान गर्न पाउने सुनिश्चितता गर्न सम्भव रहेको र त्यसलाई सुनिश्चित गरेर मात्रै निर्वाचन प्रक्रियालाई अगाडि बढाउनुपर्ने माग गरेको छ ।

‘जेनजी’ प्रदर्शनमा सहभागी भएकै कारण प्रदर्शनका सहभागीलाई पक्रने, मुद्दा लगाउने जस्ता काम भइरहेकाले यस्ता कार्य तत्काल रोक्नुपर्ने, प्रदर्शनका क्रममा भएका सहिद भएकाहरूका परिवार र घाइतेका माग अविलम्ब पूरा गर्न, सरकारसँग विभिन्न माग लिएर प्रदर्शनमा रहेका र प्रधानमन्त्रीसँग भेट गर्न चाहेकाहरूलाई उपेक्षा गर्न नहुने र वार्ता तथा संवादबाट वातावरणलाई शान्त बनाउने प्रयास गर्न ज्ञापनपत्रमार्फत आग्रह गरिएकको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ८ : ३९ बजे

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउन हुँदैन : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा