१३ बैशाख २०८३, आइतबार | April 27, 2026

सबै दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता : प्रदेश प्रमुख शेरचन



बुटवल। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संघिय लोकतान्त्रिक गणतन्त्रको बिकासका लागि सबै राजनीतिक दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता भएको बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा आज मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले बलियो राष्ट्रिय समझदारी र सहकार्यले मात्र जनताले अनुभूत गर्ने गरी समाजवादको सपना पुरा हुने विश्वास व्यक्त गरेका छन्।

“आजको दिन नेपाली जनताको जीत र सामन्ती राजतन्त्रको हार भएको दिन हो”, शुभकामना सन्देशमा भनिएको छ “जनताको बलमा प्राप्त भएको गणतन्त्रले संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता सहित जनताका अधिकारहरुलाई मौलिक हकको रुपमा संबिधानमा व्यवस्था गरिएका छन । नागरिकले यी अधिकारको समुचित उपयोग गर्न र संविधान अनुरुप आफ्ना कर्तब्यहरुको पालना गर्न सक्नु पर्दछ” ।
प्रदेश प्रमुख शेरचनले राष्ट्रियता , जनजीविका र जनतन्त्रको उच्चतम उपयोग गर्न राष्ट्रिय औद्योगिकरण र आर्थिक सुदृढिकरण प्रमुख आवश्यकता भएकोमा जोड दिएका छन्।

“सरकारले पहल गरेका बिकास पूर्वाधार, उर्जा, पर्यटन, शिक्षा र सुशासनका नीति, योजना र कार्यक्रमहरुले जनतालाई लाभान्वित हुने अवसर प्रदान गरेको छ” , शुभकामना सन्देशमा भनिएको छ “तर अझै बाँकी रहेका कामहरुको योजनावद्ध विकासबाट सफल हुन सक्नु पर्दछ । तबमात्र नेपालको सक्षम जनशक्ति र जनताले प्रगतिको अनुभूति गर्न सक्नेछन” ।

प्रदेश प्रमुख शेरचनले त्यसका लागि तीनवटै तहले औद्योगिक विकाससहित विकासका सबै पक्षहरुमा समानुपातिक परिवर्तन ल्याउने योजना निर्माण गर्न आवश्यक रहेको समेत बताएका छन्।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ७ : ५१ बजे

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र