७ पुस २०८२, सोमबार | December 22, 2025

सबै दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता : प्रदेश प्रमुख शेरचन



बुटवल। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संघिय लोकतान्त्रिक गणतन्त्रको बिकासका लागि सबै राजनीतिक दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता भएको बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा आज मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले बलियो राष्ट्रिय समझदारी र सहकार्यले मात्र जनताले अनुभूत गर्ने गरी समाजवादको सपना पुरा हुने विश्वास व्यक्त गरेका छन्।

“आजको दिन नेपाली जनताको जीत र सामन्ती राजतन्त्रको हार भएको दिन हो”, शुभकामना सन्देशमा भनिएको छ “जनताको बलमा प्राप्त भएको गणतन्त्रले संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता सहित जनताका अधिकारहरुलाई मौलिक हकको रुपमा संबिधानमा व्यवस्था गरिएका छन । नागरिकले यी अधिकारको समुचित उपयोग गर्न र संविधान अनुरुप आफ्ना कर्तब्यहरुको पालना गर्न सक्नु पर्दछ” ।
प्रदेश प्रमुख शेरचनले राष्ट्रियता , जनजीविका र जनतन्त्रको उच्चतम उपयोग गर्न राष्ट्रिय औद्योगिकरण र आर्थिक सुदृढिकरण प्रमुख आवश्यकता भएकोमा जोड दिएका छन्।

“सरकारले पहल गरेका बिकास पूर्वाधार, उर्जा, पर्यटन, शिक्षा र सुशासनका नीति, योजना र कार्यक्रमहरुले जनतालाई लाभान्वित हुने अवसर प्रदान गरेको छ” , शुभकामना सन्देशमा भनिएको छ “तर अझै बाँकी रहेका कामहरुको योजनावद्ध विकासबाट सफल हुन सक्नु पर्दछ । तबमात्र नेपालको सक्षम जनशक्ति र जनताले प्रगतिको अनुभूति गर्न सक्नेछन” ।

प्रदेश प्रमुख शेरचनले त्यसका लागि तीनवटै तहले औद्योगिक विकाससहित विकासका सबै पक्षहरुमा समानुपातिक परिवर्तन ल्याउने योजना निर्माण गर्न आवश्यक रहेको समेत बताएका छन्।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ७ : ५१ बजे

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ