१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

जनताको जीवनस्तर परिवर्तन नभए राजनीतिक परिवर्तन संस्थागत हुँदैन : मन्त्री गंगा श्रेष्ठ



हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले जनताको जीवनस्तरमा परिवर्तन नभएमा राजनीतिक परिवर्तन संस्थागत हुन नसक्ने बताएका छन् ।

मंगलबार बागमती प्रदेश सरकारले १७ औँ गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रत्यक्ष परिवर्तन नआएसम्म राजनीतिक परिवर्तन दिगो र संस्थागत हुन नसक्ने बताएका हुन् । उनले संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारहरूलाई सुनिश्चित गरिसकेको उल्लेख गर्दै तिनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र विकास गर्नका लागि सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताए ।

मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत र सुदृढ गर्न संविधानको सफल कार्यान्वयन गर्नु आवश्यक रहेको बताए । उनले प्रणालीगत र संरचनागत सुधार गर्दै आवश्यक ऐन, कानुनको निर्माण, निर्माण गरिएका ऐन, कानुनको प्रभावकारी कार्यान्वयन र पुराना ऐन, कानुनको समयानुकुल परिमार्जन गर्नुपर्ने बताए । उनले संविधानमा व्यवस्था भए अनुसार संघीय सरकारले प्रदेश सरकारलाई अधिकारहरू यथाशीघ्र हस्तान्तरण गर्नुपर्ने बताए ।

मन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनको जगमा टेकेर तीव्र आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणसहितको विकास र समृद्धिको बाटोमा लाग्नुपर्ने बताए । उनले सुशासन कायम गर्नुपर्नेमा पनि जोड दिए ।

गणतन्त्र दिवस २०८१ को उपलक्ष्यमा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मकवानपुरका ६५ जना सहिद परिवारलाई सम्मान गरेको छ । आगामी दिनमा प्रदेशभरिका सम्पूर्ण सहिद परिवारलाई सम्मान गरिने मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी मन्त्रालयले विभिन्न विधामा पत्रकारिता पुरस्कार पनि वितरण गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  १ : २४ बजे

कांग्रेसद्वारा काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रका

लुम्बिनीमा एमाले बहुमतसहित पहिलो शक्ति बन्छ : विष्णु पौडेल

बुटवल । विष्णु पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कुनै दलसँग चुनावी समीकरण हुँदैन : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न

दाङ-२ का लागि एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक

दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

‘तारा’ चिन्हमा मतदान गर्न नेकपाको अपिल (पूर्णपाठसहित)

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा आफ्नो पार्टी र