१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं लगियो



जनकपुर । नागरिकता कसुरमा विगत सात दिनदेखि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं हेलिकप्टर मार्फत लगिएको छ ।

गत शुक्रबार राति उच्च रक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि उनलाई जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सिफारिस गरेपछि उनलाई काठमाडौं लगिएको हो ।

सोमबार तेस्रोपटक म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित हुन उनी अस्पतालबाट एम्बुलेन्समा आएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेले चिकित्सकबाट काठमाडौं लगेर उपचार गर्न सिफारिस भएपछि सरकारी वकिलसँगको परामर्शमा अध्यक्ष सिरोहियालाई काठमाडौं पठाउने निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ४ : ५२ बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र