६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

खाजा खर्च कटाएर जोगाएको रकमले माइती गाउँका विद्यार्थीलाई पोशाक सहयोग



बागलुङ । बागलुङको अमलाचौर जन्मघर भएकी शिक्षासेवी एवं समाजसेवी शान्ता शर्माले स्थानीय आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक सहयोग गरेकी छिन् ।

शर्माले आफ्नो खाजा खर्च कटाएर जम्मागरेको रकमले बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरको ढकालथरमा रहेको जनचेतना प्राथमिक विद्यालयको विद्यार्थीलाई पोशाक वितरण गरेकी हुन् ।

विद्यालयमा बुधबार एक कार्यक्रम आयोजना गरी ३० जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । शर्माले ६० हजार रुपैयाँ बराबरको पोशाक सहयोग गरेको विद्यालयले जनाएको छ ।

त्यसअवसरमा शर्माले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकालाई सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताइन । आफु जन्मेको गाउँमै आएर विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको उनले बताइन ।

शर्माले भनिन, ‘केही समयदेखि खाजा खर्च कटाएर रकम जम्मा गर्दै आएकी थिएँ । अहिले माइती गाउँको आधारभूत विद्यालयका साना विद्यार्थीहरुलाई सानो सहयोग गर्न पाएँ । खुशी लागेको छ ।’ शर्माले आफ्नो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिइन । काठमाडौंको एलआरआई विद्यालयमा अध्यापनरत शर्मा पूर्व शिक्षामन्त्री तथा माओवादी केन्द्रका सचिव दीनानाथ शर्माकी जेठी छोरी हुन् ।

विद्यालय पोशाक पाएकोमा विद्यार्थीहरु पनि खुशी भएका थिए ।

त्यसअवसरमा विद्यालयका अभिभावक, वडा नं. १२ का वडा अध्यक्ष कोपिलामणि शर्मा, विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय अगुवाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ८ : ४४ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस