२० मंसिर २०८२, शनिबार | December 6, 2025

अत्याधिक गर्मी बढेपछि तिलोत्तमा नगरपालिका सबै विद्यालय असार १४ गते सम्म बन्द



तिलोत्तमा । तराईमा दिनानुदिन तापक्रम बढ्दै गएर बालबालिका प्रभावित हुन थालेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने विद्यालयहरुमा गर्मी बिदा दिएको छ । तिलोत्तमा नगरभित्र रहेका सामुदायिक एवं संस्थागत सवै विद्यालय जेठ १८ गते देखि असार १४ गते सम्म बन्द गर्ने निर्णय गरेको तिलोत्तमा नगरपालिकाले जनाएको हो ।

नगरप्रमुख रामकृष्ण खाँणले बिहीबार एक विज्ञप्ति जारी गरी अत्याधिक गर्मीका कारण पठनपाठन संचालन गर्न समस्या भएकाले शुक्रबारदेखि असार १४ गतेसम्म बिदा दिएको बताएका हुन् ।

‘तिलोत्तमा नगरपालिकाको मिति २०८१/२/१७ गतेको नगरप्रमुख स्तरीय निर्णयानुसार केही दिनदेखि बढ्दै गएको अत्याधिक गर्मीका कारण विद्यार्थीहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएको हुँदा विद्यालयमा सहज पठनपाठन गर्न समस्या भएकाले मिति २०८१/२/१८ गतेदेखि २०८१/०३/१४ गतेसम्म वार्षिक बिदाबाट मिलान हुने गरी नगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने व्यहोरा सम्बन्धीत सबैमा जानकारी गराइन्छ ।’-सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ४ : ५१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले