३० चैत्र २०८२, सोमबार | April 14, 2026

बुटवलमा एक्यानको बजेट छलफल : बजेट उत्साहजनक छैन



बुटवल । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ल्याएको बजेटमा कुनै प्रकारको उत्साह नभएको रुपन्देहीका आर्थिक क्षेत्रका विज्ञहरुले बताएका छन् । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको बजेट छलफलमा विज्ञहरुले प्रशासनिक खर्च धेरै र पुँजीगत खर्च कम रहेको र राजश्व संकलनको लक्ष्य बराबर प्रशासनिक खर्च भएकाले विकासका कार्यक्रमहरु प्रभावित हुने प्रतिक्रिया दिएका हुन ।

कार्यक्रममा बोल्दै एक्यान लुम्बिनी प्रदेश अध्यक्ष सिए छवि पोखरेलले भने–‘बजेट आउने नियमित प्रक्रिया हो, बजेट आयो भन्ने कुराले भन्दा पनि बजेटमा के कस्ता कुराहरु समावेश गरिएका छन्, त्यसको व्यवस्थापकीय पक्षलाई महत्वका साथ हेरिन्छ ।’ उनले अहिले सरकारले ल्याएको बजेट उत्साहजनक नभएको बताए । बजेट कर असुली गर्नेमा बढी केन्द्रित रहेको बताउँदै उनले करको दायरा फराकिलो बनाउनु पर्नेमा त्यसतर्फ कुनै ध्यान नदिईएको बताए ।

त्यस्तै नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था बुटवलका संयोजक सिए शिवहरी शर्माले पनि बजेट त्यति आशा लाग्दो नभएको प्रतिक्रिया दिए । उनले राजश्व संकलनको अवस्थाले विकासको कामलाई प्रत्यक्ष प्रभाव पार्ने बजेट आएको बताए ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ रुपन्देहीका अध्यक्ष सिए कमल ज्ञवालीले कर प्रणालीमा आएको परिवर्तन र त्यसले पार्ने प्रभावका बारेमा जानकारी गराउनको लागि कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।

कार्यक्रममा अडान रुपन्देहीका अध्यक्ष रामप्रसाद पौडेलले पनि बजेट खासै उत्साहजनक नभएको बताएका थिए । रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालले प्रशासनिक खर्च बढी भएको र राजश्व असुलीको अवस्था कमजोर हुँदा निनियोजित बजेटमा आशंका व्यक्त गरे ।

कार्यक्रममा एक्यान रुपन्देहीका उपाध्यक्ष सिए महेश घिमिरे, सदस्य सिए अच्युत पाण्डे लगायतले बजेट सुन्दा राम्रै लागेपनि त्यसको गहिरो अध्ययनले उत्साहजनक नदेखिएको बताएका थिए । त्यस अवसरमा एक्यान रुपन्देहीका सचिव सगुन खनालले बजेटमा आएका नयाँ प्रावधान, त्यसका सवल तथा दुर्वल पक्षका बारेमा विश्लेषण गरेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ८ : ३८ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका