१७ असार २०८३, बुधबार | July 1, 2026

मधुवनमा एकीकृत पाठ्यक्रम र गुणस्तरीय शिक्षाको महत्व बारे कार्यशाला



बर्दिया । एकीकृत पाठ्यक्रम र गुणस्तरीय शिक्षाको महत्व बारे आवश्यक सीप र ज्ञान प्रदान गर्ने उद्देश्यले बर्दियाको मधुवन नगरपालिकामा स्थानीय एकीकृत पाठ्यक्रमबारे तीन दिने कार्यशाला सञ्चालन गरिएको छ । गर्ल्स स्ट्यान्डिङ स्ट्रङ्ग परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहयोगमा मधुवन नगरपालिका शिक्षा इकाईको आयोजनामा ब स्थानीय एकीकृत पाठ्यक्रमबारे कार्यशाला सञ्चालन गरिएको हो ।

कार्यशालाको उद्घाटन मधुवन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गरे । सो अवसरमा बोल्दै उनले वर्तमान परिस्थितिमा शिक्षाको महत्वका साथै एकीकृत पाठ्यक्रम,शिक्षक निर्देशिका र पाठ्यक्रमलाई राम्रोसँग कार्यान्वयन गर्न शिक्षकलाई उत्प्रेरित गर्नु भयको बताए ।

उपमेयर अनिता चौधरीले विद्यालयमा गुणस्तरीय शिक्षा सुधार र एकीकृत पाठ्यक्रम लागू गर्न सबै शिक्षकलार्इ अनुरोध गरिन् । उपमेयर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक मीनबहादुर थापा तथा शिक्षा इकाइ प्रमुख नारायणप्रसाद खनालको उपस्थिति रहेको थियो ।

कार्यशालामा कक्षा १ मा पढाउने कुल ३४ जना सहभागी थिए । सहभागीहरूले कार्यशालाको एजेन्डा, छलफल पद्धति र सहजीकरण सीपको प्रशंसा गरेका थिए । उनीहरूले आफ्ना विद्यालयहरूमा पाठ्यक्रम र शिक्षकको निर्देशन लागू गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको संचालन शिक्षा इकाइका खगेन्द्र खनालले गरेका थिए । कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले कार्यक्रमको उद्देश्य र परियोजनाको विषयवस्तु बारे प्रस्ट पारेका थिए । कार्यक्रम अधिकृत ईश्वर विक, रीता अर्यालको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  १० : २९ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज