१० भदौ २०८३, बुधबार | August 26, 2026

मुगुमा यार्सा संकलनमा गएका तीन जनाको मृत्यु



मुगु । हिमाली जिल्ला मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु भएको छ । जसमा छायाँनाथ रारा नगरपालिका वडा नं १२ सुमन बुढा वर्ष १९ का मन बहादुर बुढा र कम्फा गाउँका २१ बर्षिय शोभान बुढा लेक लागेर मृत्यु भएको हो ।

उनीहरु सँगै सिकिस्त बिरामि भएका राज बहादुर साँवतको पनि शनिवार दिउँसो ठुलो कोईकी पाटन बाट मुगु गाउँ तर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी बल मुगुका जवान तिलक बढुवाल जानकारी दिए । यो सँगै मुगुमा यार्सा टिप्न गएका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक डिएसपि बिरेन्द्र थापाले बताए ।  मृतक तीनै जना एउटै वडा १२ नम्वरका स्थानीय युवा हुन ।

उच्च हिमाली पाटनमा पाइने बहुमुल्य, यार्सागुम्वा टिप्नका लागि पाटन पुगेका मध्ये आधा दर्जन संकलकहरुको लेक लागेर ,  लडेर , हिउँ पहिरोमा परेर मृत्यु हुने गरेको छ ।

गत वर्ष यार्सा टिप्न मुगुका पाटनहरुमा पुगेका ३ जनाको हिउँ पहिरोमा परेर र १ जनाको खोला खसेर मृत्यु भएको थियो । पाटनमा सुरक्षा टोली र स्वास्थ्य टोलि निश्चित ठाउमा बस्ने तर संकलकहरु दिन टाढाका पाटनहरुमा पुग्ने भएकाले विरामी पर्दा उपचार सेवा लिन र दिन समस्या हुने गरेको छ ।

मुगुका २ दर्जन बढी पाटन क्षेत्रमा यार्सा संकलन गर्न मुगुम कार्मारोङ्ग गाउपालिकाले गत १५ गते मात्र वन पाटन प्रवेश खुल्ला गरेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ५ : ५२ बजे

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका