२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

देशभर तापक्रम घट्यो, कहाँ कति छ ?



काठमाडौं । नेपालगन्जमा यही जेठ १७ गते वर्षकै सबैभन्दा धेरै ४४ दशमलव दुई डिग्री सेल्सियस तापक्रम भयो । त्यसपछि धनगढीमा ४४ दशमलव एक डिग्री मापन भएको तापक्रम त्यसको दुई दिनपछि आज देशभरकै तापक्रम घटेको छ ।

ठाउँठाउँमा वर्षा भएकाले अधिकतम तापक्रममा गिरावट आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज साँझ ६ बजे अद्यावधिक गरेको तापक्रमको विवरणअनुसार रेकर्ड ब्रेक गरेको नेपालगन्जको तापक्रम आज ४१ दशमलव चार डिग्रीमा झरेको छ । यस्तै धनगढीमा ४० दशमलव सात डिग्री रहेको छ ।

सोही दिन पोखरामा ३४ र काठमाडौंमा ३३ दशमलव चार डिग्री तापक्रम मापन भएकामा आज झरेर पोखरामा अधिकतम तापक्रम ३१ दशमल पाँच र काठमाडौंमा ३२ डिग्री रहेको छ । जेठ १७ गते बिहीबार विराटनगरमा ४१ डिग्री थियो आज त्यहाँ ३४ मा झरेको तथा दाङको घोराहीमा ४० दशमलव दुई डिग्री रहेकामा आज ३५ दशमलव दुई डिग्रीमा झरेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको देशभरको तापक्रम मापनको विवरणअनुसार आज दीपायलमा ३९ दशमलव चार, वीरेन्द्रनगरमा ३८ दशमलव एक, डडेलधुरामा ३१ दशमलव चार, जुम्लामा २८ दशमलव नौ, भैरहवामा ३७ दशमलव दुई, सिमरामा ३६ दशमलव छ, ओखल्ढुङ्गामा २८, ताप्लेजुङमा २६ दशमलव आठ र धनकुटामा ३० दशमल पाँच डिग्री अधिकतम तापक्रम मापन भएको छ ।

यस्तै जोमसोममा, २२ दशमलव पाँच, धरानमा ३३ दशमलव छ, लुम्लेमा २५ दशमलव पाँच, जनकपुरमा ३५ दशमलव आठ र दोलखाको जिरीमा २४ दशमलव चार डिग्री तापक्रम मापन भएको महाशाखाले जानकारी दिएको छ ।

आज नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ ।

हाल कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ९ : ३४ बजे

फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा प्राविधिक समस्या, एक्कासि चल्न छोडेपछि प्रयोगकर्ता प्रभावित

काठमाडौं । सामाजिक सञ्जालका लोकप्रिय प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा

सार्वजनिक सुरक्षाका लागि लुम्बिनी प्रहरीको नयाँ पहल, तीन दिने विशेष कार्यक्रम घोषणा

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक सुरक्षा, सामाजिक उत्तरदायित्व

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा

निजामती कर्मचारीको ट्रेड युनियन खारेज विरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजामती सेवामा दलीय ट्रेड युनियन खारेज

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी