१७ श्रावण २०८३, आइतबार | August 2, 2026

सिंगापुर जादै युक्रेनी राष्ट्रपति जेलेन्स्की



काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की एक महत्वपूर्ण सुरक्षा बैठकमा भाग लिन सिंगापुर जाने भएका छन् । जेलेन्स्कीले रुसको सैन्य अभियान विरुद्ध युक्रेनको सुरक्षाका लागि समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।

बैठकमा जेलेन्स्कीको भाषण आइतबार हुनेछ । यसअघि अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इन्डो-प्यासिफिक क्षेत्र अमेरिकाका लागि महत्वपूर्ण रहेको बताएका थिए । उनले एसिया सुरक्षित रहेसम्म अमेरिका सुरक्षित रहेको बताए ।

अस्टिनले अमेरिकाले इन्डो-प्यासिफिक क्षेत्रमा आफ्नो प्रभाव स्थापित गर्न चाहेको दाबी गर्ने चीनको आरोपलाई अस्वीकार गरेका थिए ।

योसँगै युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसको दबाब बढ्दै गएको छ । यो सहर रुसबाट २४ किलोमिटर मात्र टाढा छ । अमेरिकाले युक्रेनलाई खार्किभ क्षेत्र नजिकैको रुसी सीमा भित्र आक्रमण गर्न अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएको छ ।

जालेस्कीका अनुसार अमेरिकाको यो निर्णयले युक्रेनलाई खार्किभ वरपरका क्षेत्रमा बसोबास गर्ने मानिसहरूको सुरक्षा गर्न मद्दत गर्नेछ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ८ : ५३ बजे

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको