३ असार २०८३, बुधबार | June 17, 2026

जेलेन्स्कीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको प्रस्ताव



किएभ । मस्कोलाई उसको तीन वर्षे आक्रमण रोक्न बाध्य पार्न खोजिरहेका युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय शिखर सम्मेलनको आह्वान गरेका छन ।

रुसी राष्ट्रपति पुटिनले यस महिनाको सुरुमा टर्कीमा जेलेन्स्कीलाई भेट्ने आह्वानलाई अस्वीकार गरे र क्रेमलिनले दुई नेताबीच कुनै प्रकारको ‘सम्झौता’ भएपछि मात्र बैठक हुने बताएको छ । यसैबीच, अमेरिकी राष्ट्रपतिले पुटिन र जेलेन्स्की दुवैले युद्ध अन्त्य गर्न सम्झौता नगरेकोमा निराशा व्यक्त गरेका छन ।

“यदि पुटिन द्विपक्षीय बैठकमा सहज हुनुहुन्न भने वा यदि सबैले यसलाई त्रिपक्षीय बैठक बनाउन चाहन्छन् भने मलाई कुनै आपत्ति छैन । म कुनै पनि ढाँचाका लागि तयार छु”, जेलेन्स्कीले बुधबार प्रकाशित पत्रकारहरूलाई दिएको टिप्पणीमा भने ।

उनले ‘ट्रम्प-पुटिन-म’ बैठकको लागि ‘तयार’ भएको बताए र वासिङ्टनलाई मस्कोको बैंकिङ र ऊर्जा क्षेत्रमा कडा प्रतिबन्धहरूको प्याकेज लगाउन आग्रह गरे ।

“हामी संयुक्त राज्य अमेरिकाबाट प्रतिबन्धहरूको प्रतीक्षा गरिरहेका छौँ”, जेलेन्स्कीले भने, “यदि रुसले रोकेन भने, प्रतिबन्धहरू लगाइनेछ भनेर ट्रम्पले पुष्टि गर्नुभयो । हामीले उहाँसँग दुई मुख्य पक्षहरू छलफल गर्यौँ – ऊर्जा र बैंकिङ प्रणाली । के अमेरिकाले यी दुई क्षेत्रमा प्रतिबन्धहरू लगाउन सक्षम हुनेछ रु म त्यो धेरै चाहन्छु ।”

रुसले तत्काल युद्धविरामका लागि गरिएको समन्वित पश्चिमी अपिललाई अस्वीकार गरेपछि मस्कोमाथि नयाँ प्रतिबन्धको घोषणा नगरेकोमा जेलेन्स्कीले यसअघि वासिङ्टनप्रति निराशा व्यक्त गरेका थिए ।

जेलेन्स्कीले बोलेको केही घण्टापछि युक्रेनले रुसमाथि आफ्नो अहिलेसम्मको सबैभन्दा ठूलो ड्रोन आक्रमण सुरु ग¥यो । मस्कोको रक्षा मन्त्रालयका अनुसार देशमा झन्डै तीन सय ड्रोन प्रहार भयो ।

रुसी अधिकारीहरूले आक्रमणबाट थोरै मात्र क्षति भएको बताएका छन् । युद्धक्षेत्रमारुसले उत्तरपूर्वी सुमी सीमा क्षेत्रको वरिपरको अग्रपङ्क्तिमा ५० हजारभन्दा बढी सेना ‘जम्मा गरिरहेको’ बताए । त्यहाँ मस्कोको सेनाले युक्रेनी भूभागभित्र पुटिनले ‘बफर जोन’ भनेको स्थापना गर्न खोज्दै धेरै बस्तीहरू कब्जा गरेको छ ।

जेलेन्स्कीले युक्रेनले शान्ति सम्झौताको मागमा रुसबाट प्रतिज्ञा गरिएको ‘ज्ञापनपत्र’ अझै प्राप्त नगरेको पनि बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ३ : १५ बजे

अध्ययन बिदा सकेर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड

काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड

काठमाडौं । आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौं । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक