३१ असार २०८२, मंगलबार | July 15, 2025

जेष्ठ नागरिक मन्च बुटवलको तेस्रो साधारणसभा सम्पन्न



बुटवल । जेष्ठ नागरिक मन्च बुटवलको तेस्रो साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । साधारणसभाको बुटवल उपमहानगरपालिका ४ का वडा अध्यक्ष नरेश्वर शर्माले उदघाटन गरे ।

उदघाटन सभारोहमा बोल्दै वडा अध्यक्ष शर्माले जीवनमा आमा बुवा भन्दा ठुलो अरु कोही नभएको बताए । उनले बुढा आमाबुवाको सेवा गर्नु नै ठुलो सम्पत्ति आर्जन भएको बताउँदै बुढाबुढि आमाबुवाको राम्रो रेखदेख गर्नु छोराछोरीको कर्तब्य भएको बताए ।

जेष्ठ नागरिकलाई जुनसुकै समस्याहरुको समाधान गर्न आफु तत्पर रहेको जानकारी दिँदै उपमहानगरले बुटवलका विभिन्न ठाउँमा भजन कीर्तन सहीत दिवा सेवा दिने तयारी गरिरहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै विश्वहिन्दु महासंघका अध्यक्ष महेश्वर पसाद श्रेष्ठले समाजमा बिदे्श जाने प्रबृत्ति बढेकाले जेष्ठ नागरिक प्रति सरकार नै उत्तरदायि बन्नु पर्ने अवस्था आएको बताए ।

कार्यक्रममा सहभागी जेष्ठ नागरिक प्रमिला ‌पुनले वडाले जेष्ठ नागरिकको लागी गरेको कामले आफुलाई खुसी मिलेको बताइन् ।

कार्यक्रममा बुटवल ४ का वडा सदस्य अरुणकुमार श्रेष्ठ, स्थानीय पुनम थापा , गोमा नेपाली, गाफुर मिया लगायतले साधारणसभाको सफलताको शुभकानमा दिएका थिए ।

अधिबेशनले अध्यक्षमा रबिन्द्र नाथ पगेंनी, उपाध्यक्षमा बेडी माधब तिवारी, सचिवमा सालिकराम भट्टराई, सह सचिबमा बिष्णु खनाल तथा सदस्यहरुमा केशबराज ज्ञवाली, ढुन्डी राज अर्याल, पुर्ण थापा बसिर मिंया, लाल बहादुर श्रेष्ठ, जिम्मा कुमारी श्रेष्ठ र रुक बहादुर खत्रीलाई निर्वाचित गरेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ११ : १७ बजे

गण्डकीमा ७१ प्रतिशत रोपाइँ

गण्डकी । गत आइतबार सम्ममा गण्डकी प्रदेशमा ७१ दसमलव ०३

सम्मरीमाई र मर्चवारीमा भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण

बुटवल । रुपन्देहीको सम्मरीमाई र मर्चवारी गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि एक

२४ लाख ५० हजार घुस रकमसहित भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित ३ जना अख्तियारको फन्दामा

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

काठमाडौँ । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य

कान्ति मावि बुटवलको अध्यक्षमा जीवन वझा चयन

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय