६ पुस २०८२, आइतबार | December 22, 2025

विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड



कैलाली । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम रु १८ करोड २४ लाख ६२ हजार छ सय ७३ रहेको छ । वितरण केन्द्रको चालु आवको वैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापत उक्त बक्यौता रकम रहेको हो ।

चालु आवको वैशाख मसान्तसम्म औद्योगिक ग्राहकको बक्यौता रकम रु दुई करोड ४९ लाख पाँच हजार चार सय एक, घरायसीको रु दुई करोड २४ लाख ५२ हजार एक सय ६०, अन्यको रु दुई करोड ५३ लाख ५३ हजार ८७ र सडकबत्तीको रु १० करोड ९७ लाख ५२ हजार २५ रहेको वितरण केन्द्रका सहायक लेखा अधिकृत विनोद ढकालले जानकारी दिए।

उनका अनुसार गत आवको असार मसान्तसम्म बक्यौता रकम रु २० करोड १३ लाख २७ हजार थियो । चालु आवमा भने बक्यौता रकम केही घटेको उनको भनाइ छ । चालु आवको वैशाख मसान्तसम्म विद्युत् महसुल भुक्तानी नगर्ने एक हजार पाँच सय ७८ ग्राहकको लाइन काटिएको ढकालले जानकारी दिए ।

“हामीले लामो समय महसुल नबुझाउने ग्राहकको लाइन काटेर रकम असुली गरिरहेका छौँँ”, वितरण केन्द्र प्रमुख मिथिलेशकुमार गोहिवारले भने, “अरूको त रकम आइनै रहेको छ । सडकबत्तीको बक्यौता रकम अलि बढी छ । त्यसका लागि पनि प्रक्रिया अगाडि बढाएका छौँ ।” गत आवभन्दा चालु आवमा बक्यौता रकम घटेको उनको भनाइ छ ।

वितरण केन्द्रका अनुसार गत आवको असार मसान्तसम्म औद्योगिकको रु दुई करोड ४१ लाख ४२ हजार आठ सय ९१, घरायसीको रु पाँच करोड ७९ लाख २८ हजार तीन सय ६९, अन्य ग्राहकको बक्यौता रकम रु एक करोड ४२ लाख २२ हजार तीन सय ६८ र सडकबत्ती बापतको रु १० करोड ५० लाख ३३ हजार तीन सय ७३ रहेको थियो । नियमित महसुल भुक्तानी गर्ने ग्राहक ६२ दशमलव पाँच प्रतिशत रहेका केन्द्रले जनाएको छ । रासस

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  १२ : ४६ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको